AnonymousUser

Logout

लिङ्देनले ज्ञानेन्द्रलाई 'राजा' भनेपछि माओवादी सांसदको आपत्ति, रेकर्डबाट हटाउन माग

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा ज्ञानेन्द्र शाहलाई 'राजा' भनेकोमा आपत्ति जनाएका छन्।

सांसदहरू भन्छन्ः चाडपर्वका बेला पनि सरकारले कालोबजारी नियन्त्रणमा चासो दिएन

चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन्।

नेपाली क्रिकेट टोलीले राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्ने

प्रशिक्षणका लागि नेपाली टोली शुक्रबार नै भारत जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। टोलीले राजस्थान रोयल्सको एकेडेमीमा १० दिन अभ्यास गर्नेछ। 

नेपालगन्जमा फेरि कर्फ्यु, ५ जनाभन्दा धेरै भेला हुन नपाइने 

नेपालगन्जमा यसअघि दिउँसोको समयमा कर्फ्यु खुकुलो बनाइएको थियो। 

भारतका क्रिकेटर शुभमन गिललाई डेंगी, अस्ट्रेलियासँगको खेल गुमाउन सक्ने

शुभमन गिल आइतबार अस्ट्रेलियाविरुद्धको खेलमा उपलब्ध हुने नहुनेबारे उनको थप स्वास्थ्य परीक्षणपछि मात्र टुंगो लाग्ने बताइएको छ।

नेपाललाई कांस्य पदक दिलाएको कबड्डी टिम भारतसँग पराजित

शुक्रबार बिहान भएको सेमिफाइनलमा भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको हो। यससँगै नेपाल कांस्य पदकमै सीमित भएको छ।

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’मा १६५ जना निर्वाचित भएका छन्।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प

बझाङमा गत मंगलबार ठूलो भूपम्प गएयता निरन्तर स–साना पराकम्पहरू भइरहेका छन्। भूकम्पमा एक जनाको मृत्यु भएको थियो।

युक्रेनमा रुसको आक्रमण, ५१ जनाको मृत्यु

कुपियान्स्क शहरबाट आक्रमण भएको स्थान ३० किलोमिटर दूरीमा छ। जहाँ युक्रेनले युद्धका क्रममा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ।

कस्तो रहनेछ शुक्रबारको मौसम?

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ।

शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो

राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाउँदै व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ बनाएको छ।

साबिककै विद्यालयमा फर्किए शिक्षक ब्रह्मदेव पासवान

जीतपुरसिमरा उपमहानगरको कार्यालयमा भएको छलफलपछि शिक्षक ब्रह्मदेव पासवानलाई साबिकै विद्यालयमा पठाउने निर्णय गरिएको हो।

प्रधानसेनापति ट्रफी शुरू

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबललगायतका खेलहरू सञ्चालन हुनेछन्।

नेपाल एयरलाइन्सले अस्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान संख्या बढाएर लैजाने प्रयासमा रहेको बताए।

करण भन्छन्- एक लाखको ब्याट चर्किएको थाहा पाइनँ

क्यानमाथि खेलाडीलाई गुणस्तरीय ब्याट उपलब्ध नगराएको सार्वजनिक टिप्पणी भइरहेको छ। तर ब्याट चर्किएको ड्रेसिङ रुममा पुगेपछि मात्र थाहा पाएको करण केसीको भनाइ छ।

नेपालको आन्तरिक उत्पादन बढाउन नीतिगत सुधार आवश्यक: विश्व बैंक

विश्व बैंकले नेपाल विकास अपडेट प्रतिवेदन सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा वृद्धिमा जोड दिन र वैदेशिक लगानी आकर्षण गर्न नीति परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ।

बिदा दिएर शहीदलाई सम्झने कुरा गलत हो– प्रदीप पौडेल

सत्तामा बस्नेले जनताका निम्ति कुनै काम नगर्ने तर बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको टिप्पणी गर्दै सांसद पौडेलले अहिले दिइँदै आइएका बिदाहरू पनि आधा घटाउनुपर्ने बताए।

ओलीको टिप्पणी: सुन गाल्ने भाँडा राखेर बस्ने पार्टी एमाले होइन

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले चर्चामा रहेका जुनसुकै प्रकरणको छानबिन गरिए पनि सत्तापक्षकै नेताहरू मुछिने दाबी गरे।

अर्थमन्त्री भन्छन्– प्राधिकरण गठन गरी युवालाई तालिम दिने प्रक्रिया अघि बढाइएको छ

रोजगारमूलक तालिमलाई प्रभावकारी बनाउन नीतिगत समस्या भए त्यसलाई सुधार्न सरकार तयार रहेको अर्थमन्त्री प्रकाशशरण महतको भनाइ छ।

साहित्यतर्फको नोबेल पुरस्कार नर्वेजियन लेखक जोन फोसलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसले पाउने भएका छन्।