AnonymousUser

Logout

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, कोशी र बागमतीमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। 

संवैधानिक संस्थाको गरिमा बचाइराख्न राष्ट्रपतिलाई विवेकशील साझाको ध्यानाकर्षण

विवेकशील साझा पार्टीले संविधानको रक्षार्थ प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरूलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अनुरोध गरेको छ।

६० किलो सुन प्रकरणमा २५ प्रतिवादीलाई थुनामा पठाउन आदेश, एक जनासँग ५ लाख धरौटी माग

काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको छ।

सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष नेपालले नागरिकका समस्या समाधानको प्रयास पार्टीले सधैँ गर्ने उल्लेख गर्दै कृषि र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।

पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छ: ओली

सहमतिका माध्यमबाट कसै मन नदुखाईकन नेतृत्व चयन हुँदा सबैभन्दा उत्तम हुने एमाले अध्यक्ष ओलीको भनाइ छ। 

उकालो साप्ताहिक ब्रिफिङ: ढलमल अर्थतन्त्र, जलवायु परिवर्तनको कहर र किसानलाई संकट बनेका वन्यजन्तु

भूकम्पले नेपालको पश्चिमी भूभाग प्रभावित भइरहँदा जलवायु परिवर्तन, ढलमल अर्थतन्त्र, कमजोर नीतिको मार खेपिरहेका नेपाली किसानमाथि अहिले अर्को समस्याको भार थपिएको छ– बाँदर, बँदेल र दुम्सी!

उल्टो शिक्षा विधेयकलाई एक वर्ष लगाएर भए पनि सुल्टाउनुपर्छ : गगन थापा

कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले विद्यालय शिक्षा हासिल गरेपछि विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयतिर नलागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्ने गरेको बताए।

मेयरको विरोधमा फेसबुकमा लेखेपछि पक्राउ, साइबर अपराधमा अनुसन्धान

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको विरोधमा फेसबुक स्ट्याटस लेखेका स्थानीय बद्रीनाथ झालाई प्रहरीले पक्राउ गरेर साइबर अपराधमा अनुसन्धान थालेको छ।

एशियाली खेलकुद : करातेमा पदकनजिक पुगेर विमुख भए विप्लव

विप्लव कास्यका लागि भएको पुरुष कुमुतेको ८४ केजीमाथिको प्रतिस्पर्धामा साउदी अरेबियाका तारेग हामिदसँग पराजित भए।

विश्वप्रकाश शर्मा भन्छन्– पीडित परिवारले चाहे मात्र कैद मिनाहा पाउने कानून बनाऔँ

कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले पीडित परिवारका सदस्यले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन्।

नेपाल र युराेपेली देश रोमानियाबीच श्रम सम्झाैता

कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप सम्झाैता कायम भएको हाे। पछिल्लाे समय राेमानिया नेपाली श्रमिककाे लागि राेजाइकाे गन्तव्य बन्दै गएकाे छ।

अस्थायी आवास बनाउन भूकम्पपीडितलाई ५० हजार दिने प्रधानमन्त्रीको घोषणा, मृतक परिवारलाई तत्काल २ लाख दिइने

बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात् राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि राहतको घोषणा गरेका हुन्।

इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

महिलामाथि हुने दमनविरुद्ध गरेको संघर्षका लागि इरानकी अधिकारकर्मी नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरिएको छ।

प्रधानमन्त्रीले गरे भूकम्प प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नुका साथै पीडितलाई आवश्यक राहत पुर्‍याउन स्थानीय निकायलाई निर्देशनसमेत दिएका छन्।

देशलाई ठीक ठाउँमा लैजान शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले शिक्षाप्रणालीको खराबी र यसमा भएको व्यापारका कारण देश दुर्दशामा फसेको दाबी गरे।

सरकारले कैयौँ कमजोरी गरिरहेको छ, शिक्षाको विषयमा नगरोस् : विश्वप्रकाश शर्मा

सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने सांसद शर्माको भनाइ छ।

विद्यालय शिक्षा विधेयक संघीयताविरोधी छ: सीके राउत

विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउतको सुझाव छ।

शिक्षकहरूसँग गरेका सम्झौता समावेश नगरी विधेयक प्रस्तुत गर्नु गलतः एमाले सांसद

नेकपा एमालेका सांसदहरूले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसदलाई जानकारी नदिइ विधेयक प्रस्तुत गर्नु गलत भएको बताएका छन्। 

राजकुमार दिक्पालको पुस्तक ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ बजारमा

लेखक दिक्पालको यो पाँचौँ कृति हो। यसअघि उनको एउटा कथा संग्रह र तीनवटा इतिहाससम्बन्धी पुस्तक प्रकाशित भइसकेका छन्।

सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन हमला, कम्तीमा १०० जनाको मृत्यु

एक दशकभन्दा लामो समयदेखि सिरियामा गृहयुद्ध चलिरहेको छ। अहिले तत्कालै कुनै पनि विद्रोही समूहले हमलाको जिम्मा लिएका छैनन्।