नेपाल वायुसेवा निगम पुँजी अभाव, ऋण र जहाज अभावको चर्को दबाबमा रहेको निष्कर्ष अध्ययन समितिले निकालेको छ।
कांग्रेस महामन्त्री गगन थापाले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल कांग्रेसले मात्रै सरकार चलाउने सहमति गर्नुपर्ने बताए।
ओडारमा लुकाइ राखेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख, डीएसपी दीपक खड्काले जानकारी दिए।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्माले हालसम्म सरकारलाई समितिले २९ वटा निर्देशन दिए पनि कार्यान्वयन आधा मात्रै भएको बताए।
आइतबार सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव मिलनकुमार थापा, तत्कालीन सदस्य–सचिव प्रदीप ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा तयार भएको छ।
शिक्षामन्त्री अशोककुमार राईले सदनमा प्रस्तुत गरिएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने विषय समावेश गरिएको बताएका छन्।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जनताको जीवनस्तर परिवर्तनका लागि प्रधानमन्त्री दाहाल गम्भीरतापूर्वक लागेको दाबी गरे।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको शान्तिप्रक्रियालाई ठोस निष्कर्षमा पुर्याउन आवश्यक सहयोगका लागि विश्व समुदायसँग आग्रह गरेको बताएका छन्।
आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएको छ।
प्रधानमन्त्री दाहालले चाडपर्व र आमउपभोक्ताको हितलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिइएको बताएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले कर्मचारीलाई सधैँ बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ।
शनिबार राति बढाएको मूल्य फिर्ता लिन र पहिले कै मूल्य कायम प्रधानमन्त्री दाहालले निगमलाई निर्देशन दिएका हुन्।
२०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।
बैठकमा सुन तस्करी छानबिन आयोग गठन, मूल्यवृद्धिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए।
मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
नेपालको जितमा अभिनाश बोहराले सर्वाधिक ६ विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए। अविनाश टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।
७३ वर्षीय खनालको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा शनिबार राति निधन भएको हो। उनी दुई वर्षदेखि आमाशयको क्यान्सरबाट पीडित थिए।