२०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनायो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए।
नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए।
अनुगमनका क्रममा काठमाडौँ महानगर वडा नं २६ स्थित न्यु भीम स्टोरले ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेको थियो।
गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। भारतले भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो।
सोमबार राति सम्पन्न मतगणनामा अध्यक्षका अर्का प्रत्याशी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन्।
पर्व
इन्द्रजात्राको अन्तिम दिन नानी चाः महिलाहरूले जीवित देवी कुमारी, गणेश र भैरवको रथ तानेका छन्। रथलाई किलागल: इन्द्रचोक हुँदै वसन्तपुर पुर्याइन्छ, सोमबार राति ८ः३७ बजे इन्द्रध्वज प्रदान गरिन्छ र यसै समारोह बीच राष्ट्रप्रमुखद्वारा कुमारीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ।
एमाले कर्णाली प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।
तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।
अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एशिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाका बाँकी रहेका कामहरूलाई सबै राजनीतिक दलहरू मिलेर टुंग्याउनुपर्ने बताए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने बताएका छन्।
आयोगले आर्थिक वर्ष २०७९/८० मा १८ हजारभन्दा बढी उजुरीहरू फर्स्योट गरिएको जनाएको छ।
एमाले सचेतक महेश बर्तौलाले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले संसदीय समितिसमक्ष स्पष्ट पार्नुपर्ने बताए।
यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको एमआरएनए खोप विकासमा संलग्न दुई वैज्ञानिकले प्राप्त गरेका छन्।
संसदीय समितिहरूले छलफलका नाममा बोलाएर सन्दर्भभन्दा बाहिरका विषयमा समय लिने गरेको र उपलब्धिहीन काममा समय खर्चिनुपरेको छलफलमा सहभागी एक सहसचिव बताउँछन्।
समूह ‘बी’को ६४ केजीमा नेपालकी शारदा चौधरी पाँचौँ स्थानमा खुम्चिएसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त भएको छ।
सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै नेपाल १९औँ एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।
१९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ।