जेलभित्र मृत्यु भएका उनले पक्राउ पर्नेबेला आफ्नाे परिचय लुकाएका कारण उनकाे परिवारलाई भेटाउन सकिएकाे थिएन।
टीआरसी विधेयक अध्ययन गर्न गठित उपसमितिले चार वटा विषय समितिबाटै टुंगो लगाउनुपर्ने रायसहित मंगलबार प्रतिवेदन बुझाएको छ।
मंगलबारको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ। सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ।
स्वास्थ्यमन्त्री बस्नेतले देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्थासमेत नभएपछि वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई हटाउन बाध्य भएको बताए।
टोरन्टो प्रस्तुतिसँगै क्यानडाको श्रृंखलाबद्ध यात्रा टुंग्याएर १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ का दिन स्वदेश फर्कँदै छ।
परराष्ट्रमन्त्री साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत वा पार्टीगत रूपमा द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन्।
कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न यो प्रसारण लाइन निर्माण गरिएको हो।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको चाँडो उद्धार गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।
इजरायलमा केयर गिभर कामको लागि २४ जनाले भिसा प्राप्त गरिसकेका थिए। उनीहरूको उडानको समय बुधबार बिहान १ बजेको लागि तय भएको थियो।
दशैँतिहार, छठपर्वको आगमनसँगै काठमाडाैँको महाबौद्धमा चहलपहल बढेको छ। चाडपर्वका बेला व्यापार बढ्ने हुँदा भरियालाई पनि भारी बाेक्न अहिले भ्याईनभ्याई छ।
नेपालमा पछिल्लो समय मनोचिकित्सकको परामर्श लिने बिरामीको संख्या बढ्दो छ। मानसिक स्वास्थ्यमा ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ।
इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो। सोही सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो।
भारतको हैदरावादमा ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै २२३ रन बनायो।
कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
सम्झना
काठमाडौँ– गत शनिबार इजरायलमा भएको प्यालेस्टिनी सैन्य समूह हमासको हमलामा परी मारिएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिले सोमबार ललितपुरको मंगलबजारमा इजराइल र हमासबीचको युद्धमा परी निधन भएका नेपाली विद्यार्थीहरूको सम्झनामा दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलनमा उपस्थितहरूले मृतक विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनीहरूले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन्। आक्रमणमा १० जना नेपाली विद्यार्थीको निधन भएको थियो भने केही नेपाली घाइते भएका छन्।
अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।
सर्वदलीय बैठकमा दलहरूले इजरायल द्वन्द्वमा फसेका नेपालीहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र मृतकको शव नेपाल ल्याउने कार्यमा प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।
विरोध
मानवअधिकार तथा शान्ति समाजले महाराजगन्जस्थित राष्ट्रपति भवनअगाडि विरोध प्रदर्शन गरेको छ। राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्नुपर्ने लगायतका माग गर्दै शान्ति समाजले विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनको क्रममा १३ जना प्रदर्शनकारी पक्राउ परेका छन्। ‘राष्ट्रपति महोदय, न्यायको सार्वभौम मान्यता विपरीत माफी मिनाहा घोषणा किन?’, ‘हत्या हिंसा महिमामंडन गर्न पाइँदैन’, ‘हिंसा र अपराधीकरणलाई बढवा दिने काम बन्द गर’, ‘राष्ट्रपति महोदय, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने?’
तेल अबिबस्थित नेपाल दूतावासले युद्ध जारी रहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा फसेका नेपाली विद्यार्थीमध्ये केहीलाई सुरक्षित स्थानमा सारिएको र केहीलाई सार्ने क्रम जारी रहेको जनाएको छ।
सरकारले इजरायलस्थित नेपाली दूतावासलाई स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न र स्वदेश फर्कन चाहनेलाई विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ।