AnonymousUser

Logout

लाओसविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, मुख्य प्रशिक्षक भन्छन्- शतप्रतिशत दिएर खेल्छौँ

मुख्य प्रशिक्षक एनिसले टिममा नयाँ र उर्जवान खेलाडी रहेको बताएका छन्। उनले टोली राम्रो बनेको बताउँदै आफ्नो तर्फबाट शतप्रतिशत दिने बताए। खेल बिहीबार साँझ ५:३० बजे दशरथ रंगशालामा हुने छ।

चीनले आगामी हप्ता ‘बेल्ट एन्ड रोड फोरम’ आयोजना गर्ने, पुटिन पनि सहभागी हुने

चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा १३० भन्दा बढी मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन्।

९ किलो सुन तस्करी प्रकरण: राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा

राहुल महरा, चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई प्रतिवादी बनाइएको छ।

झापामा मृत भेटियो जंगली हात्ती 

सिमसारको दलदलमा आधा डुबेको अवस्थामा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ। 

इजरायलमा ज्यान गुमाएका आनन्द साहको परिवारलाई मधेश सरकारले ५ लाख दिने

प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० नेपाली युवाको मृत्यु भएको थियो।

इजरायली हवाई आक्रमणमा हमासका २ पोलिटब्युरो सदस्यको मृत्यु

इजरायलको आक्रमणमा हमासका अर्थमन्त्री अबु शमाला र वरिष्ठ योजनाकार जकारिया अबु मुअम्मरको मृत्यु भएको छ।

सीमावर्ती गाउँ भोटखोलामा १ हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

चीनसँगको सीमावर्ती गाउँ हटिया, च्याम्ताङ, चेपुवा, लिंगम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्।

४ शतक बनेको खेलमा पाकिस्तानको कीर्तिमानी जित

विश्वकप इतिहासकै सर्वाधिक ठूलो (३४५ रन) लक्ष्य पूरा गर्दै पाकिस्तानले श्रीलंकामाथि कीर्तिमानी जित हासिल गरेको छ। उक्त खेलमा चार जना खेलाडीले शतक प्रहार गरेका थिए।

कस्तो रहनेछ बुधबारको मौसम?

कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ। 

यात्रा

पृथक् मुर्मा गाउँ

मुगुमा अवस्थित रारा तालसँगै रारा, छाप्रु र मुर्मा गाउँ थिए। विस २०३२ मा रारालाई राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि रारा र छाप्रु गाउँका स्थानीयलाई स्थानान्तरण गरियो तर, मुर्मा गाउँलाई भने यथावत् नै राखियो। रारा ताल भई बग्ने खत्याड नदीको किनारैकिनार करिब एक घण्टा हिँडेर केही माथि लाग्दा शुरू हुन्छ, मुर्मा गाउँ। पर्यटकहरू राराको पूर्ण स्वरूप हेर्न मुर्मा टप पुग्न मुर्मा गाउँ हुँदै जाने गर्छन्। संरचनागत र जीवनशैलीका हिसाबले पृथक् छ मुर्मा गाउँ। ढुंगा, माटो र काठको प्रयोगले बनेका घरलाई बिस्तारै जस्तापाताको छानोले विस्थापित गर्दै छ। मुर्मा गाउँ पुग्दा स्थानीयहरू कृषि गतिविधिमा व्यस्त देखिन्थे। तस्वीरहरू- किसन पाण्डे

इजरायल–गाजा सीमा क्षेत्रबाट सबै नेपालीलाई सुरक्षित ठाउँमा सारियो, २८८ जना स्वदेश फर्किन इच्छुक

तेल अबिबस्थित नेपाली राजदूतावासको अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत विवरण भरेका ३२४ जनामध्ये २८८ जनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन्।

घुस लिएको आरोपमा भूमि आयोगका ३ कर्मचारी पक्राउ

घुसबापत ४० हजार रुपैयाँ लिएको आरोपमा पक्राउ परेका कर्मचारीको बयान लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

लाओससँग खेल्न सबै किसिमले तयार छौँ: प्रशिक्षक एनिस

खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले जित्ने गरी खेल्ने बताए। तयारी पनि राम्रो भएको उनको भनाइ छ।

आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले बोलायो वार्तामा

मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न सकारात्मक रहेको बताउँदै आ–आफ्नो कार्यस्थलमा फर्की नागरिकको सेवा प्रवाह सुचारु गर्न अनुरोध गरेको छ।

एक दिवसीय विश्वकप : मलानको शतकप्रेरित इंग्ल्यान्डको पहिलो जित

इंग्ल्यान्डले एक दिवसीय विश्वकपमा बंगलादेशलाई पराजित गरेको छ। इंग्ल्यान्डले दिएको ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा २२७ रन बनाउँदै अलआउट भयो।

काभा पुरुष भलिबल : दोस्रो खेलमा नेपाल श्रीलंकासँग पराजित

नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ।

अर्थमन्त्री महत र आईएफसी उपाध्यक्षबीच नेपालमा लगानी बढाउने विषयमा छलफल

अर्थमन्त्री महत र आईएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डोबीचको भेटवार्ताका क्रममा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको बताइएको छ।

जर्मनीमा मन्दी गहिरिने आईएमएफको प्रक्षेपण

उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष ०.५ प्रतिशतले संकुचन आउने आईएमएफले प्रक्षेपण गरेको छ।

एशियाडमा पदक विजेता नेपाली खेलाडी स्वदेश फिर्ता

एशियाली खेलकुदमा कराँतेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कांस्य पदक जितेको छ।

इजरायलमा फसेका नेपालीको सुरक्षित उद्धार गरियोस् : कांग्रेस

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहने नागरिकलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए।