अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’मा १६५ जना निर्वाचित भएका छन्।
बझाङमा गत मंगलबार ठूलो भूपम्प गएयता निरन्तर स–साना पराकम्पहरू भइरहेका छन्। भूकम्पमा एक जनाको मृत्यु भएको थियो।
कुपियान्स्क शहरबाट आक्रमण भएको स्थान ३० किलोमिटर दूरीमा छ। जहाँ युक्रेनले युद्धका क्रममा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ।
राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाउँदै व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ बनाएको छ।
जीतपुरसिमरा उपमहानगरको कार्यालयमा भएको छलफलपछि शिक्षक ब्रह्मदेव पासवानलाई साबिकै विद्यालयमा पठाउने निर्णय गरिएको हो।
प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबललगायतका खेलहरू सञ्चालन हुनेछन्।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान संख्या बढाएर लैजाने प्रयासमा रहेको बताए।
क्यानमाथि खेलाडीलाई गुणस्तरीय ब्याट उपलब्ध नगराएको सार्वजनिक टिप्पणी भइरहेको छ। तर ब्याट चर्किएको ड्रेसिङ रुममा पुगेपछि मात्र थाहा पाएको करण केसीको भनाइ छ।
विश्व बैंकले नेपाल विकास अपडेट प्रतिवेदन सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा वृद्धिमा जोड दिन र वैदेशिक लगानी आकर्षण गर्न नीति परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ।
सत्तामा बस्नेले जनताका निम्ति कुनै काम नगर्ने तर बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको टिप्पणी गर्दै सांसद पौडेलले अहिले दिइँदै आइएका बिदाहरू पनि आधा घटाउनुपर्ने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले चर्चामा रहेका जुनसुकै प्रकरणको छानबिन गरिए पनि सत्तापक्षकै नेताहरू मुछिने दाबी गरे।
रोजगारमूलक तालिमलाई प्रभावकारी बनाउन नीतिगत समस्या भए त्यसलाई सुधार्न सरकार तयार रहेको अर्थमन्त्री प्रकाशशरण महतको भनाइ छ।
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसले पाउने भएका छन्।
व्यक्तिगत रूपमा नेपालका इन्जिनियरहरूको क्षमता एकदमै राम्रो छ। हामीकहाँ राम्रो नतिजा नआउनुको पछाडि यहाँको संगठनात्मक संरचना, काम गर्ने वातावरण आदिलाई हेर्नुपर्छ। मेरो विचारमा यो सबै राजनीतिसँग जोडिन्छ।
सर्वोच्च अदालतले रिटलाई अग्राधिकार दिँदै रिगलको हकमा राष्ट्रपतिबाट माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
सांसद माधव सापकोटा समाजलाई अनुशासित बनाउन सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृङ्खलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे।
पहिचान पुरस्कार कोषले २०७९ सालको पुरस्कारका लागि उत्कृष्ट ८ कृतिको सूची सार्वजनिक गरेको छ।
पर्यटनमन्त्री किरातीले चिनियाँ जहाजका सम्पूर्ण सामानहरू नपाउँदा घाटा लागेको भन्दै यसको निकासका लागि पटक–पटक समिति गठन हुँदा पनि समस्या समाधान नभएको बताए।