माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन भएका छन्।
पछिल्लो समय त्यहाँ ठगीका घटनाहरू बढेको र नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो आएको दूतावासले जनाएको छ।
सशस्त्र प्रहरीको टोलीले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको छ।
भारतको संघीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका अवसरमा दुई देशका सचिवले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
राष्ट्रपति पौडेलले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशंकरसँग आग्रह गरे।
ट्रक ड्राइभरको हडतालका कारण कतिपय ठाउँमा पेट्रोल पम्पमा इन्धनको अभाव भएको छ। यसैबीच अनलाइन फुड डेलिभरी कम्पनी जोम्याटोका डेलिभरी ब्वाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
बुधबार बिहान जिल्ला अदालत काठमाडौँ परिसरबाट फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्का काठमाडौँ–३२ जडीबुटीबाट बिहीबार पक्राउ परेका छन्।
विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी छ।
वीरगन्जबाट पोखरा गइरहेको बस बिहीबार बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना भएको हो।
बुधबार राति भएको फाइनलमा टुलुजविरुद्ध २–० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो। पीएसजीको जितमा केलियन एम्बाप्पे र ली काङ–इनले गोल गरे।
देशभरको तापक्रम घटेकाले चिसोबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
मंसिर १९ गते घरबाटै बेपत्ता भएकी पवित्राको खोजीका लागि परिवारले २३ गते प्रहरीलाई खबर गरेका थिए। १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र उनको शव फेला परेको थियो।
'रिभोलुसनरी गार्ड'का पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठ मनाइँदै गरेको समारोहमा विस्फोट भएको हो।
राष्ट्रियसभा निर्वाचनमा सिट संख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारुढ गठबन्धन दलहरूको बैठक बिना निष्कर्ष सकिएको छ ।
राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको बताएका छन्।
प्राविधिक समस्याका कारण निर्माणमा विलम्ब भएको जनाउँदै कम्पनीले अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कतार, रोमानियालगायत देशमा आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
बलात्कार मुद्दाका प्रतिवादी हिमाल शाहीलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनले कैफियत प्रतिवेदन माग गरेको छ।
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट 'जेएन–१' फैलिरहको भए पनि नेपालमा आनुवांशिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको मन्त्रालयले जनाएको छ।