AnonymousUser

Logout

अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न सर्वोच्च अदालतको रोक

अदालतले अरुण तेस्रो निर्माण कार्यमा सहजताका लागि सुरक्षा प्रबन्ध मिलाउनसमेत जिल्ला प्रशासन कार्यालय संखुवासभालाई निर्देशन दिएको छ। 

बरहथवा घटनाका दोषीमाथि कडा कारबाही गर्ने सर्लाहीका प्रजिअको प्रतिबद्धता

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बरहथवा नगरपालिकामा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनको निर्णय 

सिट बाँडफाँट टुंगो लगाउन शनिबार अपराह्न चार बजे फेरि गठबन्धनको बैठक बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

गोविन्द केसी, प्रेम चलाउने, लेनिन विष्टसहित ९ जना माइतीघरबाट पक्राउ

यसअघि शनिबार बिहान डा. केसीले विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको ‘कथित’ निषेधित क्षेत्र तोड्ने बताएका थिए।

भारतीय चीज आयात रोक्न माग गर्दै उद्योगी काठमाडौँमा

भारतीय चीजका कारण नेपाली चीजको बिक्रीमा समस्या भएको उद्योगीको गुनासो छ। आफूहरूले उत्पादन गरेको चीज पाँच महिनादेखि उद्योगमै थन्किएको इलामका महेन्द्र प्रधानले बताए।

सहकारी नियमन गर्ने छुट्टै निकाय गठनको तयारी हुँदैछ: अर्थमन्त्री

सहकारी नियमनको अभावमा समस्या आएको तर, बचत दुरुपयोग गर्नेहरू कानूनको कठघरामा उभिनैपर्ने अर्थमन्त्री महतको भनाइ छ।

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा भने कायम

सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो।  

तमिल समुदायलाई मान्यता दिन श्रीलंकामा संविधान संशोधनको तयारी

भारतको प्रस्तावमा तमिल समुदायलाई मान्यता दिने गरि श्रीलंकाले संविधान संशोधन गर्ने तयारी गरेको छ। तमिल समुदायले लामो समयदेखि राजनीतिक स्वायत्तताको माग गर्दै आइरहेको छ। 

टी२० विश्वकप: नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ।

यस्तो रहनेछ शनिबारको मौसम

हाल पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कानून समितिले प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीसँगका सम्झौताबारे जानकारी लिने

कानून न्याय तथा मानवअधिकार समितिले प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहेका बेला भारतसँग नेपालले गरेका सम्झौताहरूका विषयमा जानकारी लिने भएको छ।

एन्फा यू१६ लिग: पुलिसमाथि संकटाको जित

एन्फा यू१६ लिगमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ। जितसँगै संकटा ९ खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा छ।

सांसद भन्छन् – स्वार्थ पूरा गर्ने गरी विधेयकमा संशोधन प्रस्ताव आयो

सरकारले मन्त्रालयगत ऐनहरू छुट्टाछुट्टै रूपमा संशोधनका लागि ल्याउनु पर्नेमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकै ठाउँमा राखेर ल्याउनु उपयुक्त नहुने सांसदहरूको भनाइ छ।

छिमेकी घट्दै, बिरानो बन्दै गाउँ

रोजगारी, सेवासुविधा तथा शिक्षाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइँ सर्नेको संख्या बढेको बढै छ। ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण बन्दै गएका छन्।

उकालो साप्ताहिक ब्रिफिङ: मनकारी र सहकारीले डोर्‍याएको साता

यो हप्ता नागरिक अगुवाको विरोधबीच भारतीय दूतावासमार्फत २० करोड खर्चिने गरी भएको सम्झौता, संसद्को प्रश्नोत्तरमा देखिन नचाहने प्रधानमन्त्री, सहकारी चर्चालगायतका खबरले ‘हेडलाइन’ बनाएका छन्।

एमालेले राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने, भारतीय विदेशमन्त्रीसँगका सम्झौताबारे प्रस्ट पार्न माग

एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताबारे पार्टीसँग छलफल नगरेको जनाउँदै त्यसबारे स्पष्ट पार्न सरकारसँग माग गरेको छ।

सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले लगायो कर्फ्यु

सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्युको आदेश जारी गरेको छ।

होटलको काममा भनी झुक्याएर रुसी सेनामा पठाउने २ जना पक्राउ

पीडितले रुसबाट फर्केर दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १ जनाको मृत्यु

सर्लाहीको बरहथवा नगरपालिकामा नगर अस्पताल हस्तान्तरणको विषयलाई लिएर प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।

बाँदरको डरले हिउँदे बाली लगाउँदैनन् किसान

आलुको पकेट क्षेत्र मानिने पर्वतका जलजला गाउँपालिकाका बनौँ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायतका स्थानमा गरिएको आलुखेती बाँदरले सखाप पारेपछि किसान चिन्तित बनेका छन्।