नेकपा एकीकृत समाजवादी, काठमाडौँ महानगर कमिटीले काठमाडौँ उपत्यकाको पानी अभावको समस्या तत्काल समाधान गर्न माग गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।
संसदीय समितिले बालकुमारी घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाका सम्बन्धमा छुट्टै छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।
एपीएफ र कोशीले उपाधिका लागि बुधबार कीर्तिपुरमा खेल्नेछन्। खेल बिहान ११ बजेदेखि शुरू हुनेछ।
समितिले उक्त घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारेमा छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रुपैयाँ खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सोमबार बिहान माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सीके राउतसहित ५१ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले इमानको राजनीति गर्ने नारायणकाजी श्रेष्ठ नरहेको भन्दै टिप्पणी पनि गरे।
बालकुमारी घटनाको विषयलाई लिएर उनले त्यसको जिम्मेवार गृह मन्त्रालय भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
उनले मन्त्री ज्वालाले आन्दोलनकारीहरूसँग सवालजवाफ गरेको र त्यसपछि धकेलाधकेल भएपछि प्रहरीले गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।
जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए।
जाँचबुझ आयोग ऐन, २०२६ को व्यवस्था अनुसार उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरिएको हो।
सोमबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
८३ वर्षीया मार्गरेट डेनमार्कको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी हुन्। उनले सन् १९७२ मा आफ्नो बुबा राजा फ्रेडरिक नवाैँको मृत्युपछि शासन ग्रहण गरेकी थिइन्।
इस्वी संवत्को नयाँ वर्ष शुरू भएको छ। यस दिन नेपाली टोपी दिवस पनि मनाउने गरिन्छ।
पुस १६ देखि १८ गतेसम्म आवेदन दिन मिल्ने ईपीएस शाखाले जनाएको छ।
आइतबार राति भएका खेलमा टोटनह्यामले बर्नमाउथलाई ३–१ गोल अन्तर तथा फुलह्यामले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
बारेकोट गाउँपालिका–५ की रमिता सिंहले चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले बताइन्। त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनको भनाइ।
प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन्।