काठमाडौँमा शुरू भएको दुईदिने ‘डब्लुसीपी नेपाल– एआईबी साउथ एशिया कन्फ्रेन्समा विज्ञहरूले देशले बेहोरिरहेको उच्च व्यापार घाटाको समस्या समाधान गर्न उत्पादन र बजारको विविधीकरण गर्नुपर्ने सुझाव दिएका छन्।
महानिरीक्षक कुँवरले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टीकृत ब्युरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए।
मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवक्ता रुपेश कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन्।
फ्लाइ दुबईको उडानबाट काठमाडौँ आएकी श्रीलंकाली नागरिक ५४ वर्षीया कान्थी माथी कावस्करलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हमलामा २२ प्यालेस्टिनीको मृत्यु भएको छ।
नगर अस्पताल स्तरोन्नतिको विवादपछि शुक्रबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षीय साहको मृत्यु भएको थियो।
बिर्तामोड–२ स्थित चारपाने चोक र भद्रपुर–४ स्थित झिलिमिली पुल नजिकै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
गत साल पुसमा २८ हजार रुपैयाँ प्रतिमन बिक्री भएको अलैँची खहिले ८५ हजारमा बिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढेका कारण नेपालमा अलैँचीको मूल्य बढेको व्यवसायी बताउँछन्।
उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ।
शनिबार राति भएको खेलमा इन्टर मिलानले भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेको छ। जितपछि इन्टर युभेन्टसलाई ५ अंकले पछि पार्दै ४८ अंकसहित शीर्ष स्थानमा छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
पर्व
किरात समुदायले टुँडिखेलमा साकेला नाचेर उँधौली पर्व मनाएका छन्। बाली भित्राइसकेपछि नयाँ अन्न प्रयोग गर्नुपूर्व प्रकृतिलाई धन्यवाद दिँदै साकेला नाच्ने गरिन्छ। परम्परागत पोसाकमा सजिएर गोलो घेरा बनाएर ढोल बजाउँदै किरात महिला पुरुषले साकेला नाचेर उँधौली पर्वको खुशियाली साटेका हुन्। यो सुनुवार, राई, लिम्बू र याक्खाहरूले मनाउने पर्व हो। वर्ष मंसिर पूर्णिमाका दिनबाट शुरू हुने उँधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाइन्छ।
जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ भने २०० भन्दा बढी बेपत्ता छन्।
लेखक दाहालले कोभिड महामारीका बेलाको सरकारको लापरबाही, बेथिति, बदमासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुस्तकमा समावेश गरिएको बताइन्।
गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ।
नेपालजस्तो स्वतन्त्र मुलुकमा अरू कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरी कुनै पनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हितविपरीत भएको उनको भनाइ छ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तीन नेतालाई सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको बताए।
खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्ती पछिल्लो समय मानिसप्रति आक्रामक बन्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेल बताउँछन्।
दरबाङस्थित पुरानो जनप्रिय खेलमैदान युवा पुस्ताका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ।