AnonymousUser

Logout

कान्तिपुरविरुद्ध रवि लामिछाने पुगे अदालत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका छन्।

प्रधानमन्त्रीको आशय मन्त्रिमण्डल पुनर्गठन गर्ने भन्ने छ: अग्नि सापकोटा

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहाल आवश्यकताअनुसार मन्त्रिमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताउँछन्।

कथासंग्रह ‘कालो गुलाफ’ र ‘मृत्युको छहारीमा’ सार्वजनिक

कथाकार गोपाल अश्कको कथासंग्रह ‘कालो गुलाफ’ र विनयराज गौतमको ‘मृत्युको छहारीमा’ सार्वजनिक भएका छन्।

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

जापानको इशिकावा प्रान्तमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछि दिइएको सुनामीको चेतावनी भने जोखिम घटेपछि हटाइएको छ।

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ भारतीयको मृत्यु

मृत्यु हुनेमा भारतको सितामाढी जिल्लाका ३५ वर्षीय पिंकु सिंह र २२ वर्षीय अवधेश झा छन्।

उद्योगीले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता ६० किस्तासम्म तिर्न पाउने

प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिसकेको छ। बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशः काट्दै जाने अडानमा प्राधिकरण छ।

दक्षिण कोरियामा विपक्षी दलका नेतामाथि आक्रमण

मंगलबार बिहान दक्षिणी बन्दरगाह शहर बुसानमा पत्रकार सम्मेलनका क्रममा म्युङमाथि छुरा हानिएको हो।

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

जितसँगै २० खेलबाट ४५ अंक जोडेको लिभरपुलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको एस्टन भिल्लाको समान खेलबाट ४२ अंक छ। 

गाजाबाट फिर्ता हुन थाले इजरायली सेना, युद्ध भने जारी

इजरायली एक अधिकारीले इस्लामवादी समूह हमासलाई परास्त नगरेसम्म युद्ध भने जारी रहने बताए। 

बझाङमा डोजर पल्टिँदा चालकको मृत्यु

पुरानो बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ गइरहेको डोजर दुर्घटना हुँदा चालक प्रकाश कठायतको मृत्यु भएको छ।

तराईमा हुस्सु, कोशी र गण्डकीमा हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

जापानमा शक्तिशाली भूकम्प, रुस र उत्तर कोरियामा पनि सुनामीको चेतावनी

जापानको मध्य भागमा सोमबार शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ। जापानी प्रधानमन्त्री फुमियो किशिदाले नागरिकहरूलाई थप विपद्का लागि तयार रहन आग्रह गरेका छन्।

दाङमा बसको ठक्करबाट बालकको मृत्यु

दाङको घोराही–तुलसीपुर सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

सर्वोच्चले माग्यो टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई थुनामा पठाउने कैफियत प्रतिवेदन

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ।

बालकुमारी घटना : सरकार र पीडित पक्षबीच मृतकलाई शहीद घोषणामा पहल गर्नेसहित चारबुँदे सहमति

ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएकाका व्यक्तिका परिवार र सरकारबीच मृतकलाई शहीद घोषणाका लागि पहल, पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नेसहित चारबुँदे सहमति भएको छ। 

सरकारले दाबी गरेजस्तो अर्थतन्त्रमा सुधार देखिइसकेको छैन : सीएनआई

अर्थतन्त्रको बाह्य क्षेत्रको तथ्यांकलाई आधार बनाएर सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आए पनि असोजसम्मको अवस्था हेर्दा सुधार नदेखिएको सीएनआईको भनाइ छ।

रिहा भएपछि सीके राउतको प्रश्न– सरकारले आफ्नै मन्त्री कतै पक्राउ गर्छ?

जनमत पार्टीका अध्यक्ष सीके राउतले मन्त्री र सांसदलाई जुनसुकै बेला पक्राउ गर्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला? भन्दै प्रश्न गरे।

युवतीहरूलाई दिल्ली पुर्‍याइ यौन क्रियाकलापमा लगाएको आरोपमा दुई जना पक्राउ

प्रलोभनमा पारी युवतीहरूलाई नेपालबाट भारतको दिल्ली पुर्‍याएर यौन क्रियाकलापमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्। 

बन्द भयो चियाको उत्पादन, बोट छाँटकाँटमा लागे किसान

उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन्। प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ।

नेप्से ८.७५ अंकले घट्यो, चार अर्ब ४८ करोडको कारोबार

सोमबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।