उनले स्रोत नखुलेको सम्पत्तिमा कुनै कसुर नदेखिए सो सम्पत्तिमाथि व्यक्तिकै अधिकार हुने, तर उसले ८० प्रतिशत रकम राज्यलाई करका रूपमा बुझाउनुपर्ने कानूनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए।
चितवनको विकटमा पर्ने बाँदरझुला क्षेत्र पर्साको ठोरी र भारतीय सीमासँग जोडिएको क्षेत्र हो।
सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरे पनि सर्वोच्च अदालतले भने बिदा नदिन सरकारलाई आदेश दिएको थियो।
'डेब्यु ब्वाइ' हेमन्त धामीले ३ विकेट लिएसँगै क्यानडाले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाललाई २३३ रनको लक्ष्य दिएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनको मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन्।
साउदी दूतावासको सहयोगमा मुस्लिम आयोगले आयोजना गरेको उक्त प्रतियोगितामा देशभरिबाट झन्डै साढे दुई सय मुस्लिम छात्रछात्राहरूले भाग लिएका थिए।
किप्टमले सन् २०२३ मा विश्वका चर्चित धावकमध्ये एक एलिउड किप्चोगेलाई हराउँदै विश्व कीर्तिमान कायम गरेका थिए।
नगरपालिकाले नगरभित्र गाडिएका विद्युत् पोल र विद्युत् ट्रान्सफर्मरको लागि प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय लिएको हो।
उक्त क्षेत्रमा हुने सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले यसलाई न्यूनीकरण गर्न ‘राडर गन’को सहायताले जाँच शुरू गरिएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
दुई पक्षबीचको बैठकपछि जारी विज्ञप्ति अनुसार पीएमएलएन र पीपीपीबीच राजनीतिक सहकार्यका लागि सैद्धान्तिक सहमति भएको छ।
आइतबार राति सम्पन्न खेलमा वेस्ट ह्यामको घरेलु मैदानमा आर्सनल ६–० ले विजयी बनेको हो।
यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम मन्त्री शरतसिंह भण्डारी नेतृत्वको टोलीले साउदी र कतारका समकक्षीसँग गरेको छुुट्टाछुट्टै छलफलमा यस्तो प्रस्ताव गरिएको हो।
अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा जम्मा १७४ रनमा अलआउट भयो।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
प्रहरीले बैंकिङ कसुर मुद्दामा नौ करोड सात लाख ६ हजार ३७८ जरिबाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।
एन्फाका केन्द्रीय सदस्य रवीन्द्र चन्द ठकुरीले फागुन ३ गते बस्ने कार्यसमिति बैठकमा थप ११ अजेन्डामा छलफल गर्न माग गर्दै पत्र पठाएका छन्।
अख्तियारले बहालवाला सचिव मरासिनीसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
रौतहट जिल्ला अदालतले मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ।
बीसीसीआईले सन् २०२३ मै ७ नम्बर जर्सी रिटायर्ड गरिसकेको छ। कुनै पनि खेलाडीले ७ नम्बरको जर्सी रोज्न पाउँदैनन्।