बैठकमा नेताहरूबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
समीर तामाङको दुई गोलप्रेरित नेपालको यु२३ टोली चिनियाँ टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ गोल अन्तरले विजयी भएको छ।
अदालतले पीटीआईका संस्थापक खानलाई हिरासतमा राख्नुको औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै आरोपीलाई जमानत दिइएको फैसला सुनाएको छ।
मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिए।
पहिलो खेलमा ७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा क्यानडालाई ४ विकेटले पराजित गर्दै एक खेलअगावै तीन एकदिवसीय शृंखला जितेको छ।
मुख्यमन्त्री पाण्डेले संविधानमा व्यवस्था गरेअनुसार संघीय सरकारले पर्याप्त कानून नबनाइदिँदा आफूहरू सरकारजस्तो भएर काम गर्न नसकेको गुनासो गरे।
विभागका अनुसार हालसम्म देशभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी उत्खनन गर्नका लागि १५६ खानीलाई स्वीकृति प्रदान गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ।
आफूले नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको र तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको उनको दाबी छ।
परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ। पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन्।
९४ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि कप्तान ईन्दु बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्।
आकाश चन्दले सिनियर टोलीबाट डेब्यु गरेका छन्। अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन्।
मलेसियाको सेलांगोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ बनाएको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होछार मनाउँछन्। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।
दिउँसो कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदले सडक व्यापारीलाई हटाउने नभई कानून बनाएर व्यवस्थित बनाउनुपर्ने बताउँछन्।
अध्यक्ष नेपालले युद्धमा रहेका नेपालीलाई फिर्ता ल्याउने, घाइतेको उपचार गर्ने, मृतकको खोजी गर्ने विषयलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए।
कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए।
माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुने गरी बनाउनुपर्नेमा नेताहरूले जोड दिएको बताए।