समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिरी जमानीमा रिहा गर्न अदालतले दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
थाइल्यान्डको बैंककमा आयोजित एएसबीसी एशियन यू२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी सुष्मा तामाङले सरकारबाट नगद पुरस्कार प्राप्त गरेकी छन्।
विभिन्न जातीय सशस्त्र समूह तथा प्रजातन्त्र समर्थक लडाकुहरूले जुन्ता विरुद्ध लड्दै आएका छन्। जसको सामना गर्न म्यानमारको जुन्ता सेनालाई कठिन भइरहेको छ।
कांग्रेस सांसद विश्वप्रकाश शर्माले रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई फर्काउने मामिलामा सरकारले कूटनीतिक क्षमता देखाउन नसकेको टिप्पणी गरेका छन्।
यूएईमा भएको आईसीसी यू१९ विश्वकप एशिया छनोटको निर्णायक खेलमा घरेलु टोलीमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकपमा पुगेपछि सरकारले खेलाडीलाई नगर पुरस्कार दिने घोषणा गरेको थियो।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन्।
कतिले यसलाई आफ्ना सहकर्मीप्रतिको माया भएको बताएका छन् भने कसैले कर्मचारीहरूको सांकेतिक विरोध भएको टिप्पणी गरेका छन्।
कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा रहेका छन्।
सार्वजनिक निकायमा निश्चित व्यक्तिलाई नियुक्ति दिनकै लागि मापदण्ड र कार्यविधि संशोधन गर्ने प्रवृत्ति पनि बढ्दो क्रममा देखिएको प्रमुख आयुक्त राईले बताएका छन्।
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने र सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको उनको दाबी छ।
भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको छ।
ठेकेदार कम्पनीले थपिएको नौ महिनाको म्याद गुजारिसकेको छ। आगामी वैशाख ५ गतेसम्मका लागि पुनः तीन महिनाको दोस्रो म्याद थपिए पनि निर्माणले गति लिएको छैन।
नेपालका कविता कुँवर, सीता रानामगर, ईन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिए।
घरको चौथो तलाबाट हाम फालेकी रविना महर्जन र अचेत अवस्थामा भेटिएका उनकी छोरी २ वर्षीया रिवा र ६ वर्षीय छोरा अश्वेतको उपचारका क्रममा मृत्यु भएको छ।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
घरेलु टोली कतारले जोर्डनलाई ३–१ ले पराजित गर्दै एशियन कपको उपाधि जितेको छ। कतारले सबै गोल पेनाल्टीमार्फत गरेको थियो।
पर्व
काठमाडौँ– तामाङ समुदायले नयाँ वर्षको रूपमा लिउने सोनाम ल्होसार आज शनिबार धूमधामसँग मनाइँदै छ। नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलुक चीनसहितका बौद्धमार्गीले यसलाई दिन नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। तामाङ समुदायले आज मुसा वर्गलाई बिदाइ गरी गाई वर्गलाई स्वागत गरेका छन्।\r\n\r\nहरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ। समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रूपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।\r\n\r\nतामाङ समुदायमा छोरीचेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ। ल्होसार मनाउने समुदायमा ल्हो अर्थात् वर्षहरू १२ वटा हुन्छन्। ती वर्षका नामलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट शुरू हुने यी वर्षहरू जंगली बँदेल वर्षमा पुगेर सकिन्छ। तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। सोनाम ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। सोनाम ल्होसार मनाउन टुडिखेलमा परम्परागत भेषभूषामा उपस्थित भएर उनीहरूले बाजागाजा बजाउँदै नाचगान गरेर नयाँ वर्षको खुशियाली साटासाट गरेका थिए। कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका थिए। तस्वीर : फोटो लाइब्रेरी
अर्थमन्त्री महतले जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए।