गत मंसिर अन्तिम साताको कारोबारयता आइतबार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो।
एन्फाका बहुमत सदस्यले सोमबार हुने नियमित साधारणसभाका लागि समावेश गरिएको विषयसूचीमा असहमति जनाएका छन्।
प्रतिनिधिसभामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरेका छन्।
रास्वपा सांसद डा. वाग्लेले त्रिशूली नदीमा प्रस्तावित सुपर त्रिशूली हाइड्रोपावरले त्यहाँको र्याफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय पैदा गरेको बताए।
इलाम–२ मा निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा ‘क’ मा निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो।
शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलो गाँजा बरामद गरिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको छ। नेपालका कुशल भुर्तेलले ९३ बलमा ८ चौकासहित ६६ रन बनाए।
आइतबार प्रतिनिधिसभा बैठकको शुरूमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।
डा. भण्डारीले नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टिमले मात्र गरेको दोस्रो सफल प्रत्यारोपणले अब शिक्षण अस्पतालमा प्रत्यारोपण नियमित अघि बढ्छ भन्ने आधार तयार भएको रूपमा लिनुपर्ने बताए।
अनलाइन प्रणालीले मुस्ताङ र डोल्पाको माथिल्लो भाग, गोरखाका चुम र नुव्री भ्याली, हुम्लाको सिमिकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजंघा जाने पर्यटकलाई सहज भएको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ। सवा ९ बजे शुरू हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने छ।
तुइन खोलामा पुल बनाउनका लागि गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा सडक बन्द गरेर पहाड काटिएको थियो। पहाड काट्ने काम सकिएकाले अब सडक दिउँसो पनि खुला हुने भएको छ।
शनिबार प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो। नेपालको जितमा सावित्रा भण्डारीले २ गोल तथा रेखा पौडेल र गीता रानाले १–१ गोल गरे।
दिउँसो, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
विरोध
रुसले युक्रेनमाथि आक्रमण थालेको शनिबार दुई वर्ष पूरा भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ को बिहानै ‘विशेष सैन्य अभियान’को घोषणा गर्दा युक्रेनमाथि आक्रमण थालेका थिए। धेरैले केही दिनभित्रै मस्कोले युक्रेनविरुद्ध जित हात पार्ने अनुमान गरे पनि यी दुई देशबीचको युद्ध अझै जारी छ। यस क्रममा केही नेपाली रुसी सेनामा सामेल भए र केहीले ज्यान पनि गुमाए। रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाएकाहरूको शवको पर्खाइमा रहेका छन् आफन्तहरू। रुसी सेनामा रहेका नेपालीको उद्धार, मृतकका परिवारलाई राहत तथा बेपत्ता अवस्थामा भएकाहरूको अवस्था सार्वजनिक गर्न उनीहरूका परिवारजन माग गर्दै आएका छन्। उनीहरूले शनिबार प्रधानमन्त्रीलाई भेटेर माग पत्र बुझाउने र ध्यानाकर्षण गराउने प्रयास भएको थियो। तर प्रधानमन्त्रीबाट समय उपलब्ध नभएपछि प्रतिनिधिमूलक परिवारजनको उपस्थितिमा आफूहरूले प्राप्त जानकारीका आधारमा मृतक, बेपत्ता, घाइतेहरूको नयाँ विवरण सार्वजनिक गरेका छन्। साथै उनीहरूले शनिबार साँझ रुसमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सम्मानमा द्वीप प्रज्वलन गरे। तस्वीर : फोटो लाइब्रेरी
मनाङमा मर्मतका क्रममा घर भत्किँदा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ। अन्य सात जनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ।
त्रिभुवन आर्मीलाई ६६–७ को स्कोरले पराजित गर्दै गोर्खाली क्लबले रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ।
कुनै भाषा इतिहासमा धेरै शताब्दीसम्म पनि परिवर्तन भएका हुँदैनन्। भोट बर्मेली भाषामध्ये लिम्बू भाषा कम परिवर्तन भएको भाषा हो। यो भाषाको जुन पुरानो व्याकरण थियो, त्यो उनीहरूको पुर्खाको जस्तै छ।
ट्याक्टर चालकले अर्को गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिमा चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्।