AnonymousUser

Logout

दरवाङको सडक १८ वर्षपछि कालोपत्र

करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको स्थानीय हीराबहादुर पुनले बताए।

कोशीमा २ दिनभित्र नयाँ सरकार गठनको आव्हान

बुधबार नै एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वानको माग राखेर निवेदन दिएका थिए।

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बार्यन म्युनिखमाथि रोमाञ्चक जितसँगै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

एक गोलले पछि परेको अवस्थामा ८१औँ मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि रियल उत्कृष्ट पुनरागमन गर्दै फाइनल पुगेको छ।

एस्ट्राजेनेकाले विश्वभरबाट 'कोभिसिल्ड' भ्याक्सिन फिर्ता लिने

कोभिसिल्डको प्रयोग गरेका व्यक्तिमा त्यसले गम्भीर खालको असर पनि गर्न सक्ने औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले स्वीकार गरेको छ।

फ्लाइओभरका अव्यवस्थित निर्माण सामग्री हटाइयो

ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरका अव्यवस्थित निर्माण सामग्री हटाइएको छ। यसबारे केही दिनअघि 'नेपाल फोटो लाइब्रेरी'ले फोटो फिचर गरेको थियो।

चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक–२०८० लाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेसँगै यसको लागि प्रक्रिया अघि बढेको हो।

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

लगानीको प्रभावकारिता बढाउन राष्ट्रिय योजना आयोगले ‘सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना, २०८१/८२–२०८५/८६’ कार्यान्वयनमा ल्याएको हो।

‘ओरांगुटान कूटनीति’ शुरू गर्ने मलेसियाको योजना

चीनको पाण्डा कूटनीति जस्तै मलेसियाले पनि व्यापारिक पहलका रूपमा ओरांगुटान कूटनीति लागू गर्ने जनाएको छ।

वर्षापछि वायु प्रदूषण घट्दै

एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित शहरको रूपमा सूचिकृत भएकामा आज भने घटेर १२औँ स्थानमा उक्लिएको छ।

शेयर बजार परिसूचक घट्यो, फाइनान्स उपसमूहमा भने अस्वाभाविक वृद्धि  

बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

दक्षिण कोरियाले नेपाललाई प्रदान गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्ने भएको छ।

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न माग

एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारी निर्णयप्रति विरोध जनाएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिले उनलाई पदबाट बर्खास्त गर्न माग गरेका हुन्।

मातातीर्थ मेला

आमाप्रति भक्तिभाव

बुधबार आमाको मुख हेर्ने दिन। बिहानैदेखि काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ। विशेषगरी आमा नहुनेहरू उक्त कुण्डमा स्नान तथा हरिहरको दर्शन र पूजाअर्चना गर्न पुगेका छन्।

रफाहमाथि इजरायली आक्रमण रणनीतिक गल्तीः राष्ट्र संघ

मानवीय युद्धविराम, बन्धकहरूको रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढवा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्र संघले जनाएको छ। 

छिचोलियो सुनकोशी–मरिण डाइभर्सनको सुरुङ 

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ।

गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने

सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।

हुम्लामा खडेरी: खेतमै सुक्न थाले बाली

सिमकोट गाउँपालिका–१, २, ३ र ४ मा खडेरीको प्रभाव बढी परेको छ। खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ।

पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

आमाको मुख हेर्ने दिन मनाइँदै, मातातीर्थमा मेला

मातातीर्थ औँसीको अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ।