कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्यांगको अनुमान गरेको छ।
डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले काम सम्पन्न गर्नेतर्फ कम्पनीले चासो नदेखाएपछि ठेक्का तोडिएको बताए।
गण्डकीका सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेशमा टेकेर मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन्।
काठमाडौँको कीर्तिपुरमा आइतबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपालको वार्षिक जनसंख्या वृद्धिदर यसअघि १.३५ प्रतिशत रहेकामा अहिले घटेर ०.९२ प्रतिशतमा झरेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा पार्टी विभाजित भएको छ। अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता हुने भएको छ।
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणका क्रममा चितवनमा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइएको हो।
आइतबार ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका रहेका छन्।
ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन्।
बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ। राष्ट्रिय मौसम सेवाले आइतबारसम्म अर्को चरणको भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा खामिखावा नेपाल भ्रमणमा आएकी हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।
धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार बजेट अभावमा सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ।
दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ।
डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न गाउँमा धनमालको क्षति भएको छ।
दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको छ।
शनिबार राति बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएसँगै रियल ३६ पटक ला लिगा च्याम्पियन बनेको हो।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।