पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार थोक तथा खुद्रा व्यापार र निर्माण क्षेत्रमा देखिएको गिरावट तथा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धलगायत कारणले प्रदेशहरूको आर्थिक वृद्धिदरसमेत सुस्त देखिएको छ।
थप उपकरण र प्राविधिक जनशक्ति अभावमा बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दिइएको कम्पानेन्ट सेन्ट्रिफ्युज एक वर्षदेखि थन्किएको छ।
जनता समाजवादी पार्टीबाट नियुक्त भएका स्वास्थ्यमन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानले पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जेठ ३ गतेको बैठकमा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने/नदिनेमा एमाले अझै टुंगोमा पुग्न नसकेको बताए।
टर्कीस्थित यूएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै १२४ जनाबाट चार करोड ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जसपा, नेपाल अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको पार्टीको दर्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।
वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट २६ जनाले ज्यान गुमाएका छन्।
सोमबार विभिन्न ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिएका छन्।
रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा दशतले आवासीय भवनमा भएको आक्रमणमा परी १५ जनाको मृत्यु भएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
प्रहरीले अनलाइन बेटिङ साइटमार्फत सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन भारतको सर्वोच्च अदालतले खारेज गरेको छ।
पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसक्ने भन्दै उनले सोमबार बिहान प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्।
गत वैशाख २४ गते धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मन्त्रिपरिषद्को फेरबदलको एक भागको रूपमा सर्गेई शोइगुलाई रक्षा मन्त्रीबाट हटाउने योजना बनाएका छन्।
आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित हात पार्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरू र चेन्नाई सुपर किंग्सले पछिल्ला खेलमा जित हासिल गर्दै प्लेअफ सम्भावना कायम राखेका छन्।
माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।