AnonymousUser

Logout

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाबारे प्रहरीले थप खुलाएको छैन।

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, १० महिनामा मरे २१ गैँडा

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि र करेन्ट लागेर मर्ने गरेका छन्।

डढेलोले रामेछापको ४ हजार ५०० हेक्टर वन सखाप

डढेलोका कारण १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ। यो वर्ष डढेलोमा परी जिल्लाका दुई जनाको मृत्युसमेत भएको छ।

युद्धविराम वार्ता रोक्न इजरायलले रफाहमा आक्रमण गर्‍यो: हमास

इजिप्टको सीमा नजिकै प्यालेस्टिनीहरूले आश्रय लिएको रफाहमा ट्यांकहरू पठाएर इजरायलले अन्तर्राष्ट्रिय चासोको अवहेलना गरेको हमासको आरोप छ।

कोशी, बागमती र गण्डकीमा रातिदेखि नै हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकीको थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

पर्व

रातो मत्स्येन्द्रनाथको रथारोहण\r\n

वर्ष र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई आज रथारोहण गरिएको छ। पाटन मत्स्येन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो। आगामी वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ।

मधेशमा १० महिनामा आगलागीबाट १९ जनाले गुमाए ज्यान

आगलागीबाट साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

हतियार रोक्ने बाइडेनको चेतावनीको इजरायल अधिकारीद्वारा आलोचना

इजरायली अधिकारीले रफाहमा आक्रमण गरे इजरायललाई हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन्।

त्रिपालमुनि रात कटाउँदै अग्निपीडित परिवार

आगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि रात कटाउन बाध्य छ।

टेलिभिजन प्रस्तोताका रूपमा ७० वर्ष बिताएका सर डेभिड, श्यामश्वेत हुँदै ‘थ्रिडी’सम्मको अनुभव

उमेरले एक शताब्दी पार गर्न लाग्दा पनि टेलिभिजन प्रस्तोताकै कर्ममा रमाइरहेका डेभिड अझै पनि अवकाश लिने सोचमा छैनन्।

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जना पार्टी प्यालेसबाट पक्राउ

काठमाडौँस्थित एक पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मूल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बालमन्दिर प्रकरणः २० जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान

सीआईबीले बाल संगठनका पूर्वपदाधिकारी र बृहस्पति विद्या सदनका सञ्चालकहरूमाथि समेत ठगी मुद्दामा अनुसन्धान अघि बढाएर पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ।

तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक

विभिन्न क्षेत्रको तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ।

नेप्से परिसूचक ५.६३ अंकले बढ्यो, ३ अर्ब १२ करोडको कारोबार

बिहीबार ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ को विन्दुमा पुगेको छ।

सुस्ताएको अर्थतन्त्रलाई माथि उकास्ने गरी बजेट ल्याउन सुझाव

अर्थविद् प्राडा. अच्युत वाग्लेले परम्परागत रूपमा अर्थतन्त्रको टेवा भनिएका क्षेत्र नै अहिले समस्यामा रहेकाले सुधारका लागि ‘बोल्ड’ निर्णय र हिम्मत चाहिएको बताएका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

जर्मनीको स्टार्टअप कम्पनीले गर्‍यो मैनबाट चल्ने रकेटको सफल परीक्षण

अन्तरिक्षमा उपग्रह पठाउन लाग्ने इन्धनको खर्चलाई हाइड्रोजनको भन्दा मैनले लगभग आधा कम गर्ने बताइएको छ।

जलेश्वरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वरको हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेस

कार्कीले एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेस गरेका हुन्।