AnonymousUser

Logout

उँट सवारीले बाटो जाम हुन थालेपछि मरुभूमिमा ट्राफिक लाइट जडान

चीनमा उँटको लस्करले पैदल यात्रा गर्नेलाई बाटो काट्न अप्ठेरो पर्न थालेपछि स्थानीय अधिकारीहरूले ट्राफिक लाइटको व्यवस्था गरेका हुन्।

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ।

यातायात सञ्जालले जोडियो म्यादीको निस्कोट

मालिका–१ र मंगला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो।

अफगानिस्तानमा बाढी: ३०० भन्दा बढीको मृत्यु 

अफगानिस्तानमा केही सातादेखि असामान्य रूपमा भारी वर्षा हुँदै आएको छ। बदख्सान, बागलान, घोर र हेरात प्रान्त वर्षा र बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन्।

कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

कीर्तिमानी आरोही कामिरिता शेर्पाले आइतबार बिहान ७:२५ मा २९औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

काठमाडौँको बत्तीसपुतलीमा २ समूहबीच झडप हुँदा १ जनाको मृत्यु, ४ पक्राउ

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 

उत्तर कोरियाका ह्याकरले आफ्नो अदालतको डेटा चोरी गरेको दक्षिण कोरिया आरोप

ह्याकरले सन् २०२१ जनवरीदेखि सन् २०२३ फेब्रुअरीसम्म अदालतको कम्प्युटर प्रणालीबाट एक हजार १४ गिगाबाइट डेटा चोरेको प्रहरीको भनाइ छ। 

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा 

जितपछि सिटीको ३६ खेलमा ८५ अंक पुगेको छ। दोस्रो स्थानको आर्सनलको समान खेलमा ८३ अंक छ। लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

पर्व

रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू

वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू भएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने जात्राको पहिलो दिन शनिबार पुल्चोकबाट रथ तानी गा: बह पुर्‍याएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने रथजात्रा जात्रा असार चौथीमा राष्ट्रप्रमुखबाट भोटो देखाएर विधिवत् रूपमा समापन हुने गर्छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी।

कुरिनटारमा क्रसर उद्योग निर्माण रोक्न माग

चितवनको इच्छाकामना–४ कुरिनटारमा बस्तीको बीचमा निर्माण भइरहेको क्रसर उद्योगको निर्माण बन्द गर्न स्थानीयले माग गरेका छन्।

श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन्।

दाङमा २ महिलाको हत्या, १ जना पक्राउ

घोराही शनिबार दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्रीको राजीनामासहितका माग राखेर डा. केसीले थाले अनशन

प्रधानमन्त्रीको राजीनामा, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय पिडकलाई सजायलगायतका माग राख्दै डा. गोविन्द केसीले अनशन थालेका छन्।

वीरगन्ज महानगरले भत्कायो अनधिकृत रूपमा बनाइएका संरचना

महानगरले गीता मन्दिरको मूल प्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्स्काभेटर लगाएर भत्काएको हो।

रूख कटान नहुँदा तनहुँ जलविद्युत् आयोजनाको निर्माण प्रभावित

प्याकेज–३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत् टावर ठड्याउने काम अगाडि बढ्न नसकेका तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठको भनाइ छ।

चापाकल सुकेसँगै वीरगन्जमा खानेपानीको अभाव

चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ।

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा १ पर्वतारोहीको मृत्यु

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ। 

राप्तीसोनारीमा फैलिएको झाडापखालाबाट २९ जना बिरामी, ७ को अवस्था गम्भीर

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा फैलिएको झाडापखालाबाट २९ जना बिरामी परेका छन्।

नक्सालमा विद्यार्थीले बनाएका चित्र तथा मूर्तिकलाको प्रदर्शनी

काठमाडौँ महानगरका ९ विद्यालयका १९ समूहमा सञ्चालन गरिएको शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिममा विद्यार्थीबाट सिर्जित कलाकृति प्रदर्शनीमा राखिएको छ।