AnonymousUser

Logout

अध्यागमन प्रशासनलाई व्यवस्थित बनाउन अधिकार प्रत्यायोजन

अध्यागमन विभागका महानिर्देशकले आगमन विन्दुमा भिसा (अन अराइभल भिसा), गैरआवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने गरी मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको हो।

बागमती प्रदेशमा संसदीय विशेषाधिकार समिति गठन

बागमती प्रदेशसभाको शनिबारको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ।

‘तेन्जिङ नोर्गेमाथि फिल्म बन्दा शेर्पा, गुरुङ वा मगर किन छानिएनन्?’

‘हामीले सानो सपना देख्यौँ। मेरो सिनेमा समुदाय इतरले पनि हेर्नुपर्छ भन्ने नै सोचेनौँ। गुरुङ फिल्म लिम्बू दर्शकले हेरुन्, लिम्बू फिल्मका गुरुङ दर्शक हुन्, मगर फिल्म राईहरूले पनि हेरुन् भनेर सोचेनौँ।’

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिम २ रनले पराजित  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमलाई २ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो। 

मकवानपुरमा कार दुर्घटना: २ जनाको मृत्यु, १ घाइते

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको कार बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।

अफगानिस्तानमा गोलाबारी: ३ स्पेनी पर्यटकसहित ४ जनाको हत्या  

शुक्रबार राति भएको आक्रमणमा तीन स्पेनी पर्यटक र एक अफगान नागरिकको हत्या भएको जनाइएको छ।

मुगुका किसान स्याउको बिरुवा उत्पादनमा आत्मनिर्भर, जिल्लाबाहिर बिक्री 

कोदो, कागुनो चिनो, जै, गहुँलगायत खेती गर्दा खानसमेत नपुग्ने भएपछि मुगुका स्थानीय स्याउ, ओखर जस्ता फलफूल खेतीमा लागेका छन्।

सर्पको उद्धारमा रमेका सुबोध, यसरी समात्छन् सर्प (तस्वीरहरू)

सुबोधले काठमाडौँमा पाइने प्राय सबै प्रजातिका सर्प उद्धार गरेका छन्। उद्धार गरिएका सर्प जिल्ला वन कार्यालय, निकुञ्जसँग समन्वय गर्दै सुरक्षित वासस्थानमा छाडिने गरेको छ।

चीनसँगको सीमा टिपतालामा नेपालतर्फबाट पहिलो पटक पुगे गाडी

पाँच हजार १०० मिटर उचाइमा रहेको चीनको सिमानामा शुक्रबार दिउँसो दुई एक्स्काभेटर र एक जना ट्याक्टर चालक पुगेका हुन्। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिपताला भन्ज्याङको दूरी ८५ किमी छ।

गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोला र गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा शुक्रबार दुई जनाको मृत्यु भएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। 

कोशी मन्त्रिपरिषद् १० सदस्यीय बन्यो, थपिए ५ मन्त्री र २ राज्यमन्त्री

एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिएसँग कोशी मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ।

रफाहमा संयम हुन इजरायललाई १३ देशको आग्रह

अस्ट्रेलिया, यूके, क्यानडा, जापानसहित १३ देशले इजरायललाई रफाहमा ठूलो स्तरको आक्रमण नगर्न अपिल गरे‍का छन्।

मुग्लिन–पोखरा सडक: पूर्वी खण्डको थपियो १५५ दिन म्याद

निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद १५५ दिन थप भएको छ।

कला प्रदर्शनी

सिद्धार्थ आर्ट ग्यालरीमा \'सवारी कथाहरू’ प्रदर्शनी

सिद्धार्थ आर्ट ग्यालरीमा सवारी साहित्यसम्बन्धी कलाको प्रदर्शनी भइरहेको छ। मे १३ मा शुरू भएको प्रदर्शनीलाई ‘सवारी कथाहरू’ शीर्षक दिइएको छ। पाँच जना कलाकारका ८५ वटा क्युरेसन प्रदर्शनीमा राखिएको छ। उक्त प्रदर्शनी मे २७ सम्म चल्नेछ। तस्वीर: नेपाल फोटो लाइब्रेरी\r\n\r\n

मधेश प्रदेशका ४ जिल्लाको सीमा नाका ३ दिन बन्द रहने

भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमा नाका बन्द हुने भएका छन्।

सडक व्यवसायीको व्यवस्थापन कार्ययोजना १५ दिनभित्र पेस गर्नू : सर्वोच्च

सर्वोच्च अदालतले तीनै तहका सरकारलाई सडक व्यवसायको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपायसहितको समन्वयात्मक कार्ययोजना १५ दिनभित्र पेस गर्न आदेश दिएको छ।

जलवायु अनुकूलन कार्यक्रम कार्यान्वयन गर्न १३ मिलियन युरो अनुदान स्वीकार

सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने भएको छ।

माइनस २४ डिग्री सेल्सियस तापक्रममा ककटेल पार्टी

अन्वेषकहरूको एक समूहले सुमेरु महासागरमा जमेको बरफमाथि ककटेल पार्टीको आयोजना गरेको हो।

कर्जा बढाउन सहयोग पुग्ने गरी राष्ट्र बैंकले गर्‍यो नीतिगत व्यवस्था

अब उपभोक्ताले बैंक तथा वित्तीय संस्थाबाट आफ्नो आम्दानीको ७० प्रतिशत रकमले किस्ता तिर्न पुग्ने गरी ऋण लिन पाउँछन्। यसअघि यस्तो अनुपात ५० प्रतिशत थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।