AnonymousUser

Logout

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसक्ने भन्दै उनले सोमबार बिहान प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्।

सहकारीको ८० लाख लुटेको आरोपमा २ जना पक्राउ

गत वैशाख २४ गते धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो।

रक्षामन्त्री परिवर्तन गर्दै पुटिन, सर्गेई शोइगुको स्थानमा आन्द्रेईलाई दिइँदै जिम्मेवारी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मन्त्रिपरिषद्को फेरबदलको एक भागको रूपमा सर्गेई शोइगुलाई रक्षा मन्त्रीबाट हटाउने योजना बनाएका छन्।

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडलाई हराउँदै शीर्ष स्थानमा उक्लियो आर्सनल

आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित हात पार्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

आईपीएल क्रिकेटमा बैंगलुरू र चेन्नाईको प्लेअफ सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरू र चेन्नाई सुपर किंग्सले पछिल्ला खेलमा जित हासिल गर्दै प्लेअफ सम्भावना कायम राखेका छन्।

केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

बनेका धारा भत्किन थाले तर आएन पानी

दश वर्षअघि कुश्मीसेरामा ‘एक घर एक धारा’ अभियान सञ्चालन भएको थियो। पाइप गाडिसकेपछि जग्गा विवादले योजना अलपत्र बनेको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष विष्णुप्रसाद आचार्य बताउँछन्।

रफाहमा जीवनरक्षाको ‘स्पष्ट योजना’बिनाको आक्रमणलाई समर्थन गर्दैनौँ : डेभिड क्यामरुन

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले जनताको जीवनरक्षाका लागि ‘स्पष्ट योजना’बिना इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्न नहुने बताएका छन्।

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति

अखिल नेपाल लेखक संघमा कवि स्वप्निल स्मृति (सनमान चेम्जोङ)को अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।

सरकारलाई वर्ल्ड लिंकसँग २ अर्ब कर उठाउने बाटो खुल्यो

सर्वोच्च अदालतले वर्ल्ड लिंकले करका सम्बन्धमा सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरिदिएको छ।

कैलालीमा नदीमा डुबेर २ बालबालिकाको मृत्यु

कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा शनिबार दुई बालबालिकाको मृत्यु भएको छ।

यथार्थमा गिरीबन्धु ‘हात्ती’ हो, ललितानिवास ‘छावा’ : पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा

‘हदबन्दी छुट पाएका सयभन्दा बढी कम्पनीहरूले जग्गाको सट्टापट्टा र स्थानान्तरणका लागि भूमि व्यवस्था मन्त्रालयमा निवेदन दिएका छन् भन्ने सुनिएको छ। यसका परकम्पहरू आउनै बाँकी छन्।’

मधेश प्रदेश सरकारबाट बाहिरिए एमाले र माओवादी, अल्पमतमा मुख्यमन्त्री यादव

मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन्।

जिल्ला अस्पताल बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएको भन्दै जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

वर्षा भएसँगै घट्दै काठमाडौँको वायु प्रदूषण

वर्षासँगै वन डढेलो तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण आएकाले वायु प्रदूषण न्यूनीकरण भएको डढेलोविद् सुन्दर शर्माको भनाइ छ।

नेप्से परिसूचक ८.२६ अंकले बढ्यो, ३ अर्बको कारोबार

नेप्सेका अनुसार आइतबार  ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

'जातको कुरा कहिलेसम्म? जात व्यवस्था रहेसम्म' (मंगलवार) पब्लिस नगर्ने

भर्खरै ताते ताते गर्न सुरु गरेको बच्चा र २५ वर्षको वयस्कलाई सँगै दौड प्रतियोगितामा दौडाउनु जायज र न्यायोचित हुन्छ?

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाइँदै

शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताएकी छन्।

सुरक्षण मुद्रणको उपकरण खरिदमा भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा

अख्तियारले सफ्टवेयरसहितका उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौँ महानगर

अनुगमनका क्रममा विवरण नबुझाउने सहकारीलाई नियमित कामकारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्नेसम्मको तयारी काठमाडौँ महानगरको छ।