दुवै जना केही दिनअघि मात्रै नेपाल आएका थिए। उनीहरूका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका छन्।
कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार प्राइम सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको एक अर्ब ५४ करोडभन्दा बढी रकम अपचलन गरेका छन्।
मध्यस्तकर्ता कतारले इजरायलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको बताएको छ।
पारिस्थितिकी सन्तुलनको संवैधानिक दायित्व, विद्यमान कानूनी व्यवस्था र अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा कुनै पनि तवरबाट वन र संरक्षित क्षेत्रमा बसोबास गराउन नमिल्ने सर्वोच्चको ठहर छ।
प्रमुख प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नसमेटिएको भन्दै नीति तथा कार्यक्रमको आलोचना गरेको छ।
पोखरा महानगरपालिकामा सञ्चालन हुने ‘रिसाइक्लिङ एन्ड क्रियट ग्रीन जब’ परियोजनाका लागि मंगलबार दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन भएका छन्।
युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्न ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी’ कार्यक्रम सञ्चालन गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने जनाएको छ।
सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न अधिकारसम्पन्न संयन्त्र बनाउने भएको छ।
सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने नीति लिएको हो।
साना पुँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन एवं बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी लगानी कम्पनीलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
गिरीबन्धु टि–इस्टेटका मजदुरहरूले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्।
इन्धन स्टेसन छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भई खसेको थियो।
कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
काठमाडौँ महानगरले सडकको दुवैतर्फ फाल्चा शैलीको बस बिसौनी निर्माण गरेको छ। बानेश्वरबाट बबरमहलतर्फ जाने सडक खण्डमा रहेको बिसौनी मंगलबार सञ्चालनमा आएको छ।