AnonymousUser

Logout

श्रीलंकामा बाढीका कारण १४ जनाको मृत्यु

डीएमसीले २० जिल्ला भारी वर्षाले प्रभावित भएको जनाएको छ। नदी किनारका बासिन्दालाई उच्च स्थानमा जान भनिएको छ।

हावाहुरीले चितवनमा १२ करोड बराबरको केराखेती नष्ट

चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले हावाहुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुगेको बताए।

जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला सुनाउने मिति तय

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा निर्णय सुनाउने मिति तय गरेको छ।

मण्डनदेउपुरमा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता

जग्गाबारे अनुगमन, निरीक्षण एवं प्रतिवेदन तयार पार्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ।

अनुदान कटौतीविरुद्ध स्थानीय जनप्रतिनिधि आन्दोलित, ७ दिनभित्र निर्णय सच्याउन माग

स्थानीय जनप्रतिनिधिले आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गर्दै अनुदान कटौती सच्याउन सात दिनको समय दिएका छन्।

ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवक खटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई स्वयंसेवक खटाउने गृहमन्त्रीको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

गृहमन्त्रीलाई निलम्बनको माग गरिएको रिटमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको पत्र र गृहमन्त्रीविरुद्ध कास्कीमा परेको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको छ।

तराईमा खानेपानीको स्रोत जोगाउन चुरे संरक्षणमा सांसदहरूको जोड

सांसदहरूले तराईको खानेपानीसम्बन्धी समस्याको दीर्घकालीन रूपमा समाधान गर्न चुरे बचाउनुपर्नेमा जोड दिएका छन्।

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ३१ करोडको कारोबार

आइतबार मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सीबी लामाविरुद्ध सहकारीको डेढ अर्ब ठगीको आरोप, बैंकिङ कसुरमा ४ वटा उजुरी

कान्तिपुर सहकारीको अध्यक्षको भूमिकामा रहँदा डेढ अर्बभन्दा बढी रकम अपचलनको आरोपमा पक्राउ परेका सीबी लामाविरुद्ध चार वटा बैंकिङ कसुरसम्बन्धी उजुरीसमेत रहेको प्रहरीले जनाएको छ।

१ महिनामा ९० हजार विदेशी पर्यटकले गरे नेपालको भ्रमण

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

सम्पर्कमा नआउने सहकारी खारेज गर्न सुझाव

विवरण पेश गर्न विभागको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि काठमाडौँ महानगरले अनुगमन गरी सहकारीलाई कारबाहीको तयारी गरेको हो।

नोभेम्बरमा ‘वुमन फेस्टिभल’ आयोजना गर्दै काठमाडौँ महानगर

बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रमुख डंगोलले आगामी नोभेम्बरमा काठमाडौँले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताएकी छन्। 

जेलमा हाजिर हुँदै दिल्लीका मुख्यमन्त्री केजरीवाल

केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनाव प्रचारका लागि अन्तरिम जमानत दिएको थियो। उनलाई जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो।

वीरगन्ज औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सुधार गरिँदै

वीरगन्जसहित बारा-पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगलाई विद्युत् आपूर्ति गर्न चालु प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणले जनाएको छ।

विद्युतीय चम्चा, खानामा नुन कम भए पनि जिब्रोमा बनाइराख्नेछ स्वाद

नुनको अत्यधिक प्रयोग जापानी जनजीवनमा ठूलो समस्या बन्दै गएको छ। यस्तो अवस्थामा उक्त चम्चाले सहयोग गर्ने निर्माता कम्पनीको दाबी छ।

टी२० विश्वकप: घरेलु टोली अमेरिकाको विजयी शुरूआत 

आइतबार बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जना पक्राउ

सशस्त्र प्रहरी बलको टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको कारभित्र बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला पारेको हो।

क्यान्सरपीडित कवि नवराज न्यौपानेको ‘सपनाका लहरहरू भाग ३’ विमोचन

विमोचनका क्रममा कवि नवराजले आफ्ना कविता तथा गीत लेखनका अनुभव र भोगाइहरू सुनाएका थिए। उनले दुई वटा कविता सुनाउँदै सबैलाई भावुक बनाएका थिए।