AnonymousUser

Logout

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, मधेश, लुम्बीनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

विश्वकप क्रिकेट: पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १०६ रन बनाउँदै आलआउट भयो। उक्त लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। 

‘ब्यान्डविथ प्लेटफर्म’को सम्भावना अध्ययन समितिले बुझायो प्रतिवेदन

प्रतिवेदन बुझ्दै मन्त्री शर्माले समितिले दिएका सुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको बताइन्।

मोदी वाराणसीबाट तेस्रो पटक निर्वाचित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा सदस्यमा वाराणसीबाट तेस्रो पटक निर्वाचित भएका छन्।

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मौसम

काठमाडौँमा हावाहुरीसहित वर्षा 

लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौँ उपत्यकामा मंगलबार हावाहुरीसहित वर्षा भएको छ। हावाहुरीसहित भएको वर्षाले भिजिबिलिटी कम हुँदा केहीबेर उडान समेत प्रभावित भएको थियो। वर्षाले राजधानीवासीलाई राहत मिलेको छ। 

म गिरीबन्धुको जग्गातिर जान हुने थिएन : दीपक मलहोत्रा

‘गिरीबन्धुको जग्गाले गर्दा म धेरै डिस्टर्ब भएको छु। मेरो आफ्नै काममा पनि बाधा पर्ने अवस्था आएको छ। मेरो इमेजमा धक्का पुगेको छ। यो स्थितिलाई हेर्दा मैले गलत गरेँछु भन्ने बोध भैरहेको छ।’

श्रीलंकामा मनसुनी वर्षाबाट २६ जनाको मृत्यु, राहत बाँड्न सेना परिचालन

श्रीलंकामा भारी मनसुनी वर्षा र पहिरोबाट कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् भने एक लाख ३० हजार मानिस घरबारविहीन भएका छन्।

लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्त लिएको आरोपमा २ शिक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्त लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम बढ्यो

मंगलबार शेयर बजारमा चार अर्ब आठ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मानव तस्करीको आशंकामा १ व्यक्ति प्रहरीको नियन्त्रणमा

मुगु र हुम्लाका २८ बालबालिकालाई लिएर काठमाडौँ आउँदै गरेका एक व्यक्तिलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

पाकिस्तानको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु

बलुचिस्तानको कोइला खानीमा ग्यास चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

हावाहुरीले रूख ढाल्दा मध्यविन्दुमा १ जनाको मृत्यु

मध्यविन्दु नगरपालिका– १२ मा हावाहुरीले रूख ढल्दा एक जनाको मृत्यु भएको छ।

प्रतिनिधिसभा : किसानलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारी अपचलनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकार चुक्न नहुने बताए। 

म्याग्दीको भारवाङमा मोटरेबल पुल, हट्यो घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता

मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि ६ मिटर चौडाइ र ४० मिटर लामो सिंगल स्पाम प्रिट्रेस प्रविधिको मोटरेबल पुल निर्माण गरिएको हो।

चोर्नको लागि घरभित्र छिरे, एसीको चिसो हावा लागेपछि उतै निदाए

घरभित्र एसीको चिसो हावा लाग्ने बित्तिकै उनले चोर्नै बिर्से। एकछिन आराम गरेर चोर्छु भनेर भुइँमा पल्टेका चोर त्यहीँ निद्रामा परे।

‘प्रदूषणले मानव स्वास्थ्य र जलवायुमा उथलपुथल ल्याएको छ’

‘हिजोआज काठमाडौँमा पानी परिसकेपछि पनि यहाँको मौसम सफा हुन सकेको छैन। किन त? पानी परेपछि वाफबाट जुन कुहिरो बन्छ, त्यो वायु प्रदूषणका कारण लामो समयसम्म बसिरहँदा यस्तो भएको हो।’ 

काठमाडौँ महानगरमा असहायको उपचारका लागि ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित

२०८० फागुनबाट शुरू गरिएको उक्त सेवाबाट अहिलेसम्म ७० बिरामी लाभान्वित भइसकेका छन्। यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा उपत्यका बाहिरका नागरिक बढी रहेका छन्।

सहकारीको रकम हिनमिनाको आरोपमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा

छिपछिपे सहकारी संस्थाको रकम हिनामिनाको अभियोगमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ।