AnonymousUser

Logout

सामाजिक सुरक्षा भत्ताका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ।

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढी र कटानको चुनौती

पहिरो, कटान र बाढीका कारण यातायात सेवाका साथै सडक निर्माणको काम प्रभावित बनेको छ। यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्ययभार बढेको योजना प्रमुख ध्रुवकुमार झा बताउँछन्।

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिबाना

विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

चितवनबाट विस्थापित हुँदै रेशमखेती

चितवनको माडी क्षेत्रका किसानहरू रेशमखेती छाडेर तरकारीबालीतर्फ आकर्षित भएका छन्।

नेप्से परिसूचक ९.३२ अंकले घट्यो, करिब साढे ६ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा कायम हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

विधायन समिति सभापति भन्छन्– भूकम्प प्रभावित जिल्लाको पुनर्निर्माणमा सरकारले चासो दिएन

प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले सरकारले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि तदारुकता नदेखाएको बताएका छन्।

ताप्लेजुङको तापेथोकमा सिंसेवा खोलाको बाढीले तमोरमा बन्यो ड्याम, ४ वटा काठेपुल बगे

सिंसेवा खोलामा सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको काठेपुल, सिस्ने खोलाका दुई वटा र तावा खोलाको एउटा पुल बगाएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ।

संखुवासभामा पहिरोले ३ घर बगायो, ९ परिवार विस्थापित

बुधबार राति वर्षासँगै गएको पहिरोले संखुवासभाको खाँदबारी नगरपालिकामा तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्।

तराईमा घटेन तापक्रम: वीरगन्जका विद्यालयमा थप ३ दिन बिदा

महानगरले बिहीबारदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ।

नारायणगढ–मुग्लिन सडक: २५ ठाउँमा पहिरोको जोखिम

मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

‘समुन्द्रबाट स्पेन पुग्ने क्रममा दैनिक ३३ आप्रवासीको मृत्यु’

स्पेनिस टापुबाट लगभग एक हजार ५०० किलोमिटर टाढा रहेको गाम्बिया र सेनेगल जस्ता दक्षिणतिरका देशबाट आप्रवासीको संख्या बढ्दै गएको पाइएको छ।

‘मधुपर्क सम्मान-२०८१’ गौतम, काँचुली र पहाडीलाई

२०५९ सालदेखि दिन थालिएको सम्मान गोरखापत्र संस्थानको ५७औँ वार्षिकोत्सवका अवसरमा समालोचक प्राडा वासुदेव त्रिपाठीको उपस्थितिमा प्रदान गरिएको हो। 

कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, मधेश र बागमतीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। 

कुवेतमा भएको आगलागीमा परेर ३ जना नेपाली सामान्य घाइते

४० जनाभन्दा धेरै कामदारको मृत्यु हुने गरी भएको आगलागीमा ३ जना नेपाली पनि घाइते भएका छन्। तीनै जनाको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले मन्त्रालयसँग माग्यो विधेयक अघि नबढाइनुका कारण

पहिलो प्राथमिकताक्रममा रहेका ६३ वटा विधेयकमध्ये करिब दुई दर्जन मात्र अन्तिम चरणमा पुगेका प्रधानमन्त्री कार्यालयले जनाएको छ।

भद्रकाली परिसरको पुनर्निर्माण थालिँदै, लागत करिब ३६ करोड 

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन्। यसको पुनर्निर्माणको लागत अनुमान करिब ३६ करोड रुपैयाँ छ। 

चाडपर्व

पानीको मुहान सफा गरेर मनाइयो सिथी नख:पर्व

नेवार समुदायले मनाउने धेरै पर्वमध्ये एक हो, सिथी नख: पर्व। यो अरूभन्दा भिन्न छ। नेवारको धेरै पर्वमा भोजभतेर, मन्दिर जाने, बाजागाजा बजाउने गरिन्छ। यस पर्वमा भने पानीका परम्परागत स्रोतको सरसफाइ गर्ने चलन छ। सिथी नख: पर्वको दिन टोलवासी मिलेर इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्छन्। जेठ शुक्ल पक्षको षष्ठीमा सिथी नख: मनाइन्छ। यसरी सफा गरेको ठाउँको पानी चार दिनसम्म चलाउन नहुने परम्परा छ।  यस अवसरमा ललितपुर–९ स्थित नारायण हिती सफा गर्दै स्थानीय। \r\n\r\n

कुवेतमा कामदार रहेको भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु, धेरैजसो भारतीय

आगलागीमा भारतीयबाहेक अन्य देशका नागरिक  परे/नपरेको बारे अहिलेसम्म केही जानकारी आएको छैन।

आईएलओको ‘गभर्निङ बडी’मा नेपाल निर्वाचित

सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सगंठनमा आबद्ध भएयता नेपालले दोस्रो पटक सञ्चालक समितिमा निर्वाचित भएको हो।

शेयर बजारमा लगातार वृद्धि, कारोबार पनि बढ्यो  

बुधबार शेयर बजार परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा रहँदा कारोबार रकमले पनि अघिल्लो दिनलाई उछिनेको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।