AnonymousUser

Logout

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ।

वायुसेवा निगमद्वारा दुई कोषलाई ४३ करोड भुक्तानी

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो।

ललितपुर महानगरले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

आव २०८०/८१ मा ललितपुर महानगरले लक्ष्यभन्दा १५ करोड बढी अर्थात् दुई अर्ब ५५ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

इजरायलको नयाँ क्षेत्रमा आक्रमण गर्ने हिजबुल्लाहको चेतावनी

हिजबुल्लाहका नेता नसरूल्लाहले इजरायलले लेबनानमा थप आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिएका छन्।

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्।

अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित

पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन्।

न्युरोड

महानगरले शुरू गर्‍यो न्युरोडमा सडक विस्तारको काम

काठमाडौँ महानगरपालिकाले न्युरोडमा सडक विस्तारको काम शुरू गरेको छ। उच्च अदालत पाटनले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै महानगरले बुधबार बिहानदेखि विस्तार थालेको हो। यसअघि अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सडक डिभिजन काठमाडौँले सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो। तस्वीर: नेपाल फोटो लाइब्रेरी  \n\n

शेयर बजार ५४ अंकले बढ्यो, १२ अर्बको कारोबार 

आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो।

बांग्लादेशमा रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन दूतावासको अनुरोध

बांग्लादेशमा सरकारी जागिरका लागि कोटा प्रणालीका विषयलाई लिएर भएको हिंसात्मक झडपमा परी कम्तिमा ४ जनाको मृत्यु भएको छ भने सयाैँ घाइते भएका छन्।

अफगानिस्तानमा वर्षा र असिनाका कारण ३५ जनाको मृत्यु, २३० घाइते

प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको संकेत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्‍याएको छ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा मिथिला चित्रकला प्रदर्शनी

स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागी हुन आएका अधिकांश देशका प्रतिनिधिले प्रदर्शनीको अवलोकन गरेका छन्।

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

सुन एकैदिन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।

ठेक्का पूरा नगर्ने ४ निर्माण कम्पनी कालोसूचीमा

कालोसूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ। 

चितवनमा १ वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन्। सो अवधिमा ४४५ सवारीसाधन दुर्घटनामा परेका थिए।

मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प  गएको हो।

हरिशयनी एकादशी: तुलसीको पूजा गरेर मनाइँदै

जेठ शुक्ल एकादशीमा राखिएको तुलसीको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा पूजा गर्ने चलन छ।

बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णालीका थोरै तथा सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सिमलताल दुर्घटना: १७ शव फेला, ८ को सनाखत हुन बाँकी

सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

उपत्यकाका नदी संरक्षणबारे सर्वोच्चको महत्त्वपूर्ण फैसला

फैसलामा बागमती र सहायक नदीमा बर्सेनि आउने बाढीका कारण पर्ने डुबान क्षेत्र पहिचान गरी, प्राकृतिक बहावमा अवरोध गर्ने संरचनामा सुधार गर्न, अनधिकृत संरचना हटाउने प्रबन्ध मिलाउन भनिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।