सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरूसँग छलफल गरेको छ।
एउटा कोठामा नारायण सुर्वेको तस्वीर देखेपछि आफूले चोरिरहेको घर चर्चित लेखकको हो भनेर थाहा पाउँछन्। त्यसपछि अघिल्लो दिन चोरेर लगेका सामानहरू पनि फिर्ता गर्छन् र एउटा चिठी लेखेर छाड्छन्।
मनसुनी विपद्मा परी गएको चौबिस घण्टाको अवधिमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब १३२ किलोमिटर क्षेत्रमा ३०० को संख्यामा जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
रणनीतिक योजनाअन्तर्गत २०८३ असारसम्म पाँच वर्ष नाघेका सबै मुद्दा तथा रिट फर्स्योट गर्ने, २०८५ असारसम्ममा तीन वर्ष नाघेका सबै मुद्दा तथा रिट फर्स्योट गर्ने लक्ष्य निर्धारण गरिएको छ।
अफगानिस्तानको नंगरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण ४० जनाको मृत्यु र ३४७ जान घाइते भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
पर्व
साउन लागेसँगै काठमाडौँको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ। साउनमा महिलाहरू हरिया–पहेँला चुरापोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन्। हिन्दूहरूका देवता शिवलाई अर्पण गरिने साउन महिनाभर महिलाहरू हरियो, रातो र पहेँलो पोते लगाउने गर्छन्। पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहेन्दी लगाउने गरेको पाइन्छ। हिन्दू धर्ममा सौभाग्यका रूपमा चिनिने पोते इरानी गहना हो। तिज, साउन तथा विवाहको लगन भएका महिनामा असन र इन्द्रचोकमा भीड लाग्ने गर्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
मंगलबार नेप्से परिसूचक ७०.१८ अंक बढ्दा कुल नौ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्।
मंगलबार बिहान पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिए।
सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा १० खर्ब ७५ अर्ब रुपैयाँ मात्र उठाउन सकेको छ।
सोमबार प्रतितोला एक लाख ४६ हजार ९०० मा कारोबार भएको छापावाला सुन एक लाख ४७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। जुन हालसम्मकै उच्च मूल्य हो।
आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा सोमबार राति आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए।
घाइते २५ वर्षीय विश्राम थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज पठाइएको छ।
देशभर साधारणतया बदली रही मधेश, बागमती, गण्डकी र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
निगमले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको छ।
विपद्का कारण बेपत्ता भएको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको पनि सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
सांसदहरूले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाले तीन वटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ।
चितवनको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेको घटनाबारे अध्ययन गर्न गृहमन्त्री रमेश लेखकले पाँच सदस्यीय कार्यदल बनाएका छन्।