AnonymousUser

Logout

बेनी–जोमसोम–कोरला सडक: सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम

मुस्ताङ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ। 

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २०८ पुग्यो, ५३ जना बेपत्ता

मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेयता विपद् घटनाबाट ६ हजार ४९ घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने

अस्ट्रेलियाले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षामा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने भएको छ।

तिखेढुंगाबाट बेपत्ता भएका २ स्पेनिस पर्यटकमध्ये १ को शव फेला

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित तिखेढुंगाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये मंगलबार एक जनाको शव फेला परेको छ।

चिया प्रदर्शनी

ठमेलमा नेपाली अर्थोडक्स चिया प्रदर्शनी

काठमाडौँको ठमेलस्थित छाया सेन्टरमा नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवं ५८ कारखानाका १०० भन्दा बढी प्रकारका चिया प्रदर्शनी शुरू भएको छ। प्रदर्शनीमा इलामलगायत विभिन्न स्थानमा उत्पादन गरिएका चिया राखिएको छ।

प्रहरीको ३० वर्षे सेवा अवधिबारे सर्वोच्चको आदेशविरुद्ध सरकारको ‘भ्याकेट’

प्रहरी अधिकृतलाई ३० वर्षे सेवा अवधिका आधारमा अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेश पुनरवलाेकनका लागि सरकारले निवेदन दिएको छ।

अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

अवैधरूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट ब्राजिलसहित दक्षिण अमेरिकी मुलुकहरूमा जाने प्रवृत्ति बढ्दो छ।

प्राधिकरणले साउनमा भारतलाई बेच्यो ४ अर्बको विद्युत्

प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको जनाएको छ।

बजेट अभावले बागलुङमा पालिकास्तरीय २ अस्पताल अलपत्र

बजेट अभावले ढोरपाटन, खापाथरमा निर्माणाधीन नगर अस्पताल र निसीखोला, झिम्पामा बन्दै गरेको आधारभूत अस्पताल अलपत्र परेका छन्।

बाढीले पुल भत्काउँदा पठनपाठन बन्द

बाढीले पुल बगाएपछि आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको खडकदेवी माध्यमिक विद्यालयले जनाएको छ।

बाढीपहिरो र सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग

सांसदले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाबाट घाइते भएकाको निःशुल्क उपचार तथा पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

३० वर्षे सेवा अवधिविरुद्ध सशस्त्र प्रहरीका अधिकृतको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिविरुद्ध सशस्त्र प्रहरीका अधिकृतले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

नेप्से परिसूचक १११.९६ अंकले घट्यो, १८ अर्ब ६४ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ३.८६ प्रतिशतले घटेको छ भने १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रस्तावित १७ राजदूतविरुद्ध ९ उजुरी, शुक्रबारदेखि संसदीय सुनुवाइ

प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथिको सुनुवाइ भदौ १४ गते शुक्रबारबाट थाल्ने गरी कार्यतालिका तय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन्।

कमल थापाको पुस्तक ‘नाकाबन्दी र कूटनीति’ सार्वजनिक 

पुस्तकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि र नेपाल-भारत सम्बन्धका विविध आयामलाई पनि समेट्ने प्रयास गरेको थापाले बताएका छन्। 

सेल्फी लिन खोज्दा २६२ फिट गहिरो खाल्डोमा खसेर स्टार खेलाडीको मृत्यु

साहसिक यात्रा गर्न रुचाउने २३ वर्षीया जिम्नास्ट स्टार खेलाडी नताली स्टिचोभा आफ्नो इन्स्टाग्राममा राख्नको लागि विभिन्न तस्वीर लिने गर्थिन्।

मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउने रास्वपाको निर्णय 

ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो। 

३४ तोला सुन र १० किलोसहित नेपालगन्जबाट ४ जना पक्राउ 

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। 

बागमतीमा लक्ष्यभन्दा ९ अर्ब कम राजस्व संकलन

संघीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायत राजस्व संकलनमा आएको कमी र आर्थिक मन्दीका कारण राजस्वमा कमी आएको बताइएको छ।