बिहीबार दिउँसो भएको विस्फोटमा गम्भीर घाइते भएका स्थानीय दिलीप साँवाका दुई वर्षीया छोरी पिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
२०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त महास्नानघर जीर्णोद्धार सम्पन्न गरी २०७९ भदौ पहिलो साता पशुपति संग्रहालय उद्घाटन गरिएको थियो।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा मधेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेकाहरूमाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ भने एनसेलले नवीकरण शुल्क किस्ताबन्दीमा तिर्ने गरी प्रक्रिया अगाडि बढाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
बझाङको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ।
बाँकेमा बिहीबार भएको बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ।
डब्ल्यूडब्लूएले मानव सिर्जित जलवायु परिवर्तनका कारण हावाको गति सात प्रतिशत वृद्धि भएको तथा वर्षा पनि बढेको निष्कर्ष निकालेको छ।
उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गर्दै एआईजी श्याम ज्ञवालीसहित पाँच जनाले दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
प्रहरी अधिकृतको ३० वर्षे सेवा अवधि विवादबारे सरकारको ‘भ्याकेट’मा सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले दुवै पक्षलाई बोलाउन आदेश गर्दै सुनुवाइका लागि शुक्रबार पेसी तोकेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन्। स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसदले हुलाकी सडक निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २८४९.५७ को विन्दुमा कायम भएको छ।
दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको बस राँझामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।
भारी बर्षाका कारण नदीका बहाव बढेका छन्। नदी नजिक बसोबास गर्ने ३० हजारभन्दा बढी मानिस घर छाडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन्।
२२० केभी सिंगल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो। तर, बाह्रबिसे–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको थिएन।
टोलीका १४ खेलाडीलाई जनही ३ लाख, मुख्यप्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायकप्रशिक्षक भरत यादव, व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ।
नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनाएको छ।