AnonymousUser

Logout

प्रहरी अधिकृतहरूलाई ३० वर्षे सेवाअवधिका आधारमा अवकाशमा नपठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रहरी अधिकृतहरूलाई ३० वर्षे सेवाअवधिका आधारमा अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको छ।

सदनमा प्रधानमन्त्रीको जवाफ– डेडिकेटेड र ट्रंकलाइनको बक्यौता एक रुपैयाँ पनि नछाडी उठाइन्छ

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उद्योगमा बिजुली नकाटी डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम एक रुपैयाँ पनि नछाडी उठाउने बताएका छन्।

मानव अधिकार उल्लंघनको समीक्षा गर्न यूएनको टोली बांग्लादेशमा

बांग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्तालाई आवश्यक सबै सहयोग आफ्नो प्रशासनले गर्ने बताए।

पर्वतमा १ वर्षमा ७ चितुवा मृत भेटिए

डिभिजन वन कार्यालय पर्वतका अनुसार एक वर्षको अवधिमा सात वटा चितुवा मृत अवस्थामा भेटिएका छन्।

उपसमितिले थाल्यो नेपालगन्ज रंगशालाको ‘सेन्थेटिक ट्र्याक’बारे छानबिन

नेपालगन्ज रंगशालामा निर्माण गरेको एक महिना नबित्दै ‘सेन्थेटिक ट्र्याक’ उप्किएको विषयमा अध्ययन गर्न गठित उपसमितिले काम थालेको छ।

नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार

बिहीबारको कारोबारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसबीएल डिवेन्चरमा नकारात्मक सर्किट लागेको छ।

नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक स्वीकृत

राष्ट्रियसभाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ।

निरन्तरको सुक्खा पहिरोले इन्द्रावती नदी थुनिने त्रासमा तटीय क्षेत्रका बासिन्दा

इन्द्रावती नदीले तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ। डाँडाको माथिल्लो भाग खसे नदी थुनिन सक्ने र यसले ठूलो क्षति पुर्‍याउने भन्दै स्थानीय त्रसित छन्।

श्रीलंका जान नेपालसहित ३५ देशका नागरिकलाई भिसा नचाहिने

श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ। पर्यटकलाई आकर्षण गर्नका लागि पनि यस्तो नियम लगाइएको हो। 

आन्ध्र प्रदेशको औषधि उद्योगमा विस्फोट, १७ जनाको मृत्यु

अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा बुधबार दिउँसो विस्फोट भएको थियो।  

बाढीका कारण भजनी नगरपालिकाको अधिकांश भूभाग डुबानमा

निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको छ। वर्षा नरोकिएकाले व्यवस्थापनमा समस्या भएको छ।

भैँसी गोठमा मृत भेटियो बाघ

गोठमा बाँधेको भैँसी घाइते र भैँसी नजिकै बाघ मृतअवस्थामा फेला परेको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

पहिरोले गल्छी–रसुवागढी सडक अवरुद्ध

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आसपासमा वैकल्पिक सडक नहुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ।

बागलुङमा नियमविपरीत नदीजन्य पदार्थ संकलन गर्नेलाई १६ लाख जरिबाना

बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरमा अवैध रूपमा उत्खनन गरी बालुवा तथा ढुंगा संकलन गर्नेलाई कारबाही गर्न थालेको छ।

कैलालीका २४ घर डुबानमा, १० जनालाई स्थानान्तरण

डुबान भएको बस्तीका १२६ जनामध्ये ११५ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कोशी, मधेश र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

भोजपुर नगरपालिकाले बनायो स्थानीय पाठ्यपुस्तक

स्थानीय पाठ्यक्रमभित्र कुन विषय पठनपाठन गराउने भन्ने अन्योलमा रहेका शिक्षकलाई अब सहज हुने नगरपालिकाले जनाएको छ।

नेपाल संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन अनुसन्धान ब्युरोको छापा

नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा छापा मारेको ब्युरोको भनाइ छ।

उपचारका क्रममा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन

भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिलाको मृत्यु भएको विषयमा छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ।

‘स्टार्टअप नेसन २०३०’ सम्मेलन सम्पन्न

सन् २०३० सम्म नेपालमा १० हजार स्टार्टअप प्रवर्द्धन गरी एक लाख रोजगारी सिर्जना गर्ने र देशलाई आत्मनिर्भर बनाउनेलगायत विषयमा छलफल गर्दै सम्मेलन सम्पन्न भएको छ।