आईसीसी यू१९ पुरुष विश्वकपको एशिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ।
साउनको कुल संकलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व १७ अर्ब ३३ करोड रुपैयाँ छ।
हेलिकप्टरबाट निरीक्षण गर्दा गाउँभन्दा माथि खुम्बु क्षेत्रमा रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको हो।
नेपाली समाज, संस्कृति, साहित्य, इतिहास र भूगोलको प्रतिनिधित्व गर्ने १३ वटा पुस्तकलाई चिनिया भाषामा अनुवाद गरेर प्रकाशनको तयारी गरिएको छ।
समुन्द्र सतहबाट करिब ४ हजार ३८० मिटर उचाइमा अवस्थित गोसाईंकुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्ने गर्छ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलोमा गएको पहिरोले सडक अवरुद्ध भएको हो। करिब ५० मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण क्षतिग्रस्त बनाएको छ।
शुक्रबार दिउँसो नुहाउन गएका दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि साँझ स्थानीयले निकालेका थिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
भक्तपुरको गठ्ठाघरमा बिहीबार एक जनाको ज्यान जाने गरी भएको दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यो साता उकालोमा अनुत्पादक सभाहल बनाउन सिध्याइयो साढे ९ अर्ब, महिलालाई घरेलु काममा जान प्रतिबन्धको उल्झन, संसद्मा तालीको महत्त्व, नेपाल भाषाको गुगल ट्रान्सलेटमा एन्ट्री लगायतका खबर चर्चामा रहे।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण एक जना बेपत्ता भएका छन् भने सात घर, पाँच होटल, क्लिनिक, स्कुलमा क्षति पुगेको छ।
छानबिन समिति गठन गरी गठ्ठाघर घटनाको सत्यतत्थ छानबिन गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको भनाइ छ।
भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन्।
बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा शुक्रबार एक जना बेपत्ता भएका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ। स्थानीयले हिमताल फुटेको आशंका गरेका छन्।
करवृद्धिको विरोधमा व्यवसायीले सटरको साँचोसमेत उपमहानगर प्रमुख र उपप्रमुखलाई बुझाएका छन्।
पूर्वप्रधानमन्त्री श्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि सिनावात्रालाई संसद्ले नयाँ प्रधानमन्त्री छनोट गरेको हो।
आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकम बाँकी भएका कारण प्रयोगमा आउन नसकेको गाउँपालिकाले जनाएको छ।