AnonymousUser

Logout

बानेश्वरमा भासियो सडक (तस्वीरहरू)

काठमाडौँको नयाँ बानेश्वर चोकबाट शंखमूलतर्फ जाने मुख्य सडक भासिएको छ।

नगरकोट जंगलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार

रानीझुला क्षेत्रमा घुम्ने क्रममा जंगलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि उद्धार भएको छ।

साफ यू२० मा नेपालको विजयी शुरूआत

साफ यू२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ।

पर्व

गोसाईंकुण्ड मेला भर्न जाने तीर्थालु

समुन्द्र सतहबाट करिब ४,३८० मिटर उचाइमा अवस्थित कुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्ने गर्छ। यस वर्ष सोमबार परेको जैनपूर्णिमाका लागि श्रद्धालु त्यसतर्फ जाने क्रममा छन्।

नक्कली शरणार्थी प्रकरण : बेचन झा पुर्पक्षका लागि थुनामा

काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार १.१४ प्रतिशतले घटेर नेप्से परिसूचक २९६६.३३ को विन्दुमा कायम भएको छ भने २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

शोधनान्तर स्थिति ५ खर्ब २ अर्बले बचतमा, १३ महिनालाई वस्तु तथा सेवा धान्ने विदेशी मुद्रा सञ्चित

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको छ।

सहकर्मीको हत्याको विरोधमा भारतीय चिकित्सकहरूको प्रदर्शन जारी

कलकत्तामा महिला सहकर्मीको हत्या र यौन दुर्व्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकले आरजी कर मेडिकल कलेज एन्ड हस्पिटलमा प्रदर्शन जारी राखेका छन्। 

बागमतीको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन्।

तोलामा १ लाख ५२ हजार ६०० पुग्यो सुनको मूल्य

छापावाल सुन शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ थियो। एकैदिन ३ हजार रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बनाएको छ।

पहिरोले छिन्चु–जाजरकोट सडक अवरुद्ध

छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२, काडला पहाडबाट तल्लु बगरसम्मको सडक अवरुद्ध भएको हो।

दक्षिणी लेबनानमा इजरायली आक्रमण: १० सिरियालीको मृत्यु 

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गरेको छ। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा सिरियाली शरणार्थी तथा श्रमिक रहेका छन्। 

इंग्लिस प्रिमियर लिग: लिभरपुल र आर्सनलको विजयी शुरूआत

शनिबार राति इप्सविचको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई जिताउन डियगो जोटा र मोहम्मद सलाहले गोल गरे। 

यस्तो रहनेछ आइतबारको मौसम

बागमती, गण्डकी र लुम्बिनीका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

लन्डनको ऐतिहासिक सांस्कृतिक केन्द्रमा आगलागीपछि १०० अग्नि नियन्त्रक परिचालित

लन्डनको ऐतिहासिक सांस्कृतिक केन्द्रमा लागेको आगो नियन्त्रणका लागि १५ वटा दमकलसहित करिब १०० अग्नि नियन्त्रक परिचालन गरिएको छ।

हेटौँडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

हेटौँडा उपमहानगरपालिका–९ धापमा शनिबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

‘रिक्लेम द नाइट’ : कोलकाता घटनाले पुनर्जागृत गराएको अभियान

भारतको कोलकातास्थित एक मेडिकल कलेजमा हालै एक प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भयो। उक्त घटनापछि चर्किएको विरोध प्रदर्शनमा जोडिएको अभियान ‘रिक्लेम द नाइट’ के हो?

थामे बाढीबाट विस्थापितलाई ५० हजारका दरले राहत वितरण

खुम्बु पासाङल्हामु गाउँपालिकाले थामे खोलामा आएको बाढीले घरबास बगाएर विस्थापित भएकाहरूलाई ५० हजार रुपैयाँका दरले राहत वितरण गरेको जनाएको छ।

इजरायली आक्रमणबाट गाजामा एकै परिवारका १५ सदस्यको मृत्यु

इजरायली हवाई आक्रमणबाट नौ बालबालिकासहित एकै परिवारका १५ सदस्यको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले बताएको छ।