सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
आज बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो। जसका कारण काठमाडौँ नौविसे खण्ड प्रभावित भएको थियो।
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँजात्रा सांस्कृतिक झाँकी, बाजागाजासहित काठमाडौँस्थित बौद्धमा मनाइएको छ।
नेपाल उद्योग परिसंघले सेजनसँगको सहकार्यमा तयार पारेको प्रतिवेदनले निजी क्षेत्रसँग सम्बन्धित योजनामध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखाएको छ।
युक्रेनले मस्को क्षेत्रलक्षित गरी कम्तीमा ११ ड्रोन आक्रमण गरेको र यो संख्या अहिलेसम्मकै धेरै भएको रुसी अधिकारीहरूले बताएका छन्।
बुधबार दिनभरको उतारचढावका बीच नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ को बिन्दुमा कायम भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रेका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्षमा २१ जना पर्यटकको लेक लागेर मृत्यु भयो। तीमध्ये ६ जना नेपाली र बाँकी विदेशी नागरिक हुन्।
नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोले सडक पुरेपछि काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन्।
तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्ने क्रममा स्थानीय १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।
मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रहेको छापावाल सुन ८०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।
जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती करिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो।
विदेश पुनर्वासमा गएका शरणार्थीबाट स्वेच्छाले संकलन गरिएको उक्त रकम झापाको दमकस्थित बेलडाँगी शिविरमा मंगलबार प्रदान गरिएको हो।
सुर्खेत– जुम्ला सडक खण्डअन्तर्गत मंगलबार राति आएको अविरलले कालिकोटको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जेठ २८ गतेयता बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्याएको छ।
दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदर्शन
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ आयोजना गरेका छन्। यौनिक अल्पसंख्यकको संस्था समूह ब्लु डायमन्ड सोसाइटी नील हीरा समाजले मंगलबार काठमाडौँमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा प्राइड परेड आयोजना गरेको हो। ठमेलको सञ्चयकोष भवनअगाडि भेला भएर उनीहरूले ठमेल हुँदै वसन्तपुरसम्म बृहत् र्यालीको आयोजना गरेका थिए। उनीहरू समुदायले लगाउने भेसभुसामा सजिएर परेडमा सहभागी भएका थिए। उनीहरूले प्रत्येक वर्ष यस दिनलाई आफ्नो गौरवपूर्ण दिनका रूपमा मनाउँदै आएका छन्। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टस्ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा अझै पनि त्रुटिपूर्ण प्रावधानहरू रहेको औँल्याएका छन्।
यु२० साफ च्याम्पियनसिपमा बांग्लादेशले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।