AnonymousUser

Logout

कोशी, बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। 

सुनकोशीमा खसेको कारसँगै ३ जना बेपत्ता

गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका र उनीहरूको खोजीका लागि ४० जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

कैलाश मानसरोवर जाने सडक अवरुद्ध, सयौँ यात्रु बाटोमै रोकिए

केरुङ खोलामा आएको बाढीले सडक कटान गरी सवारी आवागमन बन्द हुँदा कैलाश मानसरोवरबाट फर्किएका र जाँदै गरेका यात्रु प्रभावित भएका छन्।

डुबेर १ बालकसहित चार जनाको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ। 

बस दुर्घटनाबारे भारतका खेलकुद राज्यमन्त्रीलाई ‘ब्रिफिङ’

नेपालको आकस्मिक भ्रमणमा रहेकी भारतीय खलकुद राज्यमन्त्री खड्सेले त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारीसमेत लिएकी थिइन्।

जनशक्ति अभावमा जनलोकपाल आयोग कामविहीन

आयोगका सदस्य राजकिशोर साहले स्रोतसाधन अभावले प्रदेशमा सुशासन कायम गर्न आयोगले चाहेजस्तो कार्य सम्पादन नसकेको बताए।

महोत्सवमा चक्कु प्रहार गरी ३ जनाको हत्या गर्ने आक्रमणकारी खोज्दै जर्मन प्रहरी

पश्चिमी जर्मनीको सोलिनजेन शहरमा शुक्रबार आयोजित महोत्सवमा अज्ञात व्यक्तिबाट छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

नेताहरूको सम्पत्ति छानबिनसहितका माग राखेर बालुवाटारमा प्रदर्शन (तस्वीहरू) 

गिरिबन्धुलगायतका अनियमिततामा यथाशीघ्र निष्पक्ष अनुसन्धानका साथै सबै शीर्ष नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र नागरिक आयोग गठनको माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ।

साउनमा वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब, ‘स्मार्टफोन’ मात्रै ३ अर्ब ४६ करोडको आयात

साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ।

खोलाले बगाउँदा अरुण तेस्रोका कार्यरत १ मजदुर बेपत्ता

खोलाले बगाउँदा अरुण तेस्रोको विद्युत्‌गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी–४ सेकाहाका ४५ वर्षीय गंगाबहादुर गुरुङ बेपत्ता भएका छन्।

आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतकी युवा राज्यमन्त्री काठमाडौँमा 

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे बुझ्न राज्यमन्त्री रक्षा निखिल खड्से शनिबार काठमाडौँ आएकी हुन्।

रुसका ९२ गाउँ आफ्नो कब्जामा आएको युक्रेनको दाबी

सन् २०२४ को आठ महिनामा रुसले कब्जा गरेको भन्दा आफूले दुई हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ।

सुदूरपश्चिममा गौरा पर्व शुरू, शनिबार बिरुडा पञ्चमी मनाइँदै

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृंगारी  त्यसभित्र पञ्च अन्न भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।

माग बढेसँगै बढ्यो अण्डाको मूल्य, उत्पादन भने घट्यो

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन दिएपछि फार्मले आफै मूल्य निर्धारण गर्ने गरेका छन्।

तनहुँ बस दुर्घटना: मृतक सबैको शव परीक्षण चितवनमा हुने

दुर्घटनामा घाइते १६ जनाको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

बसको ठक्करबाट युवकको मृत्युपछि हनुमाननगर र राजविराजमा प्रदर्शन

स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखेर हनुमाननगरमा विरोध जनाएका छन्। 

बग्न थाल्यो हिउँपहिराले थुनिएको मनाङको बोक्सीखोला

खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए। बोक्सीखोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ।

सहकारीको बचत दुरुपयोग सम्बन्धमा गोरखा मिडियाका पूर्वपदाधिकारीसँग सोधपुछ

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीसँगै तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँगै पनि सोधपुछ गरेको छ।

तनहुँ दुर्घटनामा मृतकको संख्या २७ पुग्यो, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने घाइते १६ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।