अधिकारकर्मीले निर्मला कुर्मीको न्यायका लागि भन्दै आइतबार माइतीघर–बालुवाटार मार्च गरेका छन्।
अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य उडान पनि केही ‘डिले’ भएका छन्।
आइतबार नेप्से परिसूचक ५३.६३ अंकले ओरालो लागेर २६९५.९३ को विन्दुमा सीमित भएको छ।
सडक एकतर्फी रूपमा सञ्चालनमा आए पनि निरन्तर पानी परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
कुचिनोएराबु टापु नजिकै एक चिनियाँ नौसैनिक जहाज जापानी जलक्षेत्रमा प्रवेश गरेको र करिब दुई घण्टापछि याकुशिमा टापुको दक्षिण पश्चिमबाट निस्किएको थियो।
गण्डकी सरकारले शिक्षा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटलाई अस्थायी दरबन्दी रहेको प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर तालिम केन्द्रको प्रमुखमा सुदूरपश्चिमबाट काजमा आएका कर्मचारी पठाएको छ।
काठमाडौँ विश्वविद्यालय र आरपी फाउन्डेसन फर कन्जर्भेसनको संयुक्त सहकार्यमा आगामी नोभेम्बरदेखि स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’ अध्यापन हुने भएको छ।
सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।
दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा ७०० जना क्षमताको मुख्य हल, २०० जना क्षमताको कार्यक्रम कक्ष, १०० सवारीसाधन अटाउने क्षमताको पार्किङ रहेको छ।
हालान्डले खेलको १०, ३० र ८३औँ मिनेटमा गोल गरे। हालान्डले पछ्ल्लो खेलमा इपस्विच टाउनविरुद्ध पनि ह्याट्रिक गरेका थिए।
मिहिन ढंगमा हेर्ने हो भने कसैसँग चिना परिचय गर्दा पनि हामी नाम मात्रै नभई थरसमेत जान्न इच्छुक हुन्छौँ, त्यसमा कुनै खालको आफ्नोपन अथवा विभाजन छुटिने गरी।
खाँदबारी–२ चेवाबेसीमा १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो। प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलरका दरले घटाइएको निगमले जनाएको छ।
रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।
कलंकीमा मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
कमल गाउँपालिका–३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा नियुक्ति पाएका दुवै प्रधानाध्यापकको पक्ष-विपक्षमा दिनहुँजसो प्रदर्शन हुँदा पढाइ प्रभावित भएको छ।
पर्यटकीय गन्तव्य
रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मैलुङ झरना आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। गर्मी बढेसँगै झरनामा रुझ्न आउने मानिसको संख्या उल्लेख्य रहेको स्थानीय बताउँछन्। अन्य दिनको तुलनामा बिदाको दिन भने अत्यधिक घुइँचो लाग्ने गर्छ। काठमाडौँदेखि करिब ७० किलोमिटर दूरीमा रहेको झरनामा मोटरसाइकल र बसबाट पुग्न सकिन्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा हुम्ला, मुगुबाट सुर्खेत तथा नेपालगन्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्।
ब्राजिलको दूरसञ्चार एजेन्सीका प्रमुखले एक्स प्लेटफर्म निलम्बन गर्न आदेश दिइएको पुष्टि गर्दै आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको बताएका छन्।