मुग्लिन-आँबुखैरेनी सडकखण्ड बन्द गरेर मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
खनिज इन्धनले वातावरणमा पार्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न भन्दै उद्योग मन्त्रालयले पेट्रोलमा बायो इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ।
चितवनमा दर्ता हुने उद्योग तथा व्यावसायिक फार्मभन्दा खारेज हुनेको संख्या बढेको छ।
डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउन अपनाइने विधि र प्रक्रिया लगायतका विषयमा सांसदहरूबीच विवाद सिर्जना भएको छ।
जेठ २८ गतेयता बाढीपहिरो लगायतका विपद्मा परेर ५४ जना बेपत्ता भएका छन् भने ६ हजार ४४ घरपरिवार विस्थापित भएका छन्।
मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि निर्मित एक हजार शय्याको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेको छ।
पहिलो सेमिफाइनलमा नेपाल ‘टाइब्रेकर’मा भुटानलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ।
३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशमा जाने व्यवस्थामा रोक लगाउन माग गर्दै सशस्त्र प्रहरीका अधिकृतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आइतबार अपराह्नदेखि कैलाश मानसरोवर जाने दर्शनार्थीका लागि आवतजावत खुल्ला भएको छ।
पहिरोमा परी बेपत्ता अन्य चार जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताए।
भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो।
शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो कारोबार दिन ठूलो अंकको गिरावटका साथ करेक्सन आएको छ।
स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित भारतीय नागरिक ३४ वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार पक्राउ परेका छन्।
इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका हुन्। तनाव बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
रुसीमूलका पावेल दुरोभले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए। छोटो समयमा चर्चा बटुलेको टेलिग्रामका सीईओ दुरोभ किन पक्राउ परे?
परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो।
अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मंगलसेन नगरपालिकासँग समन्वय भइरहेको छ।
महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना भएको हो।
रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर दुई जानको मृत्यु भएको छ । पहिरोमा परेर आठ जना बेपत्ता भएका छन् ।
नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा घरेलु टोली सिटीले इप्सविच टाउनलाई ४-१ ले पराजित गरेको हो।