AnonymousUser

Logout

अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

अवैधरूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट ब्राजिलसहित दक्षिण अमेरिकी मुलुकहरूमा जाने प्रवृत्ति बढ्दो छ।

प्राधिकरणले साउनमा भारतलाई बेच्यो ४ अर्बको विद्युत्

प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको जनाएको छ।

बजेट अभावले बागलुङमा पालिकास्तरीय २ अस्पताल अलपत्र

बजेट अभावले ढोरपाटन, खापाथरमा निर्माणाधीन नगर अस्पताल र निसीखोला, झिम्पामा बन्दै गरेको आधारभूत अस्पताल अलपत्र परेका छन्।

बाढीले पुल भत्काउँदा पठनपाठन बन्द

बाढीले पुल बगाएपछि आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको खडकदेवी माध्यमिक विद्यालयले जनाएको छ।

बाढीपहिरो र सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग

सांसदले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाबाट घाइते भएकाको निःशुल्क उपचार तथा पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

३० वर्षे सेवा अवधिविरुद्ध सशस्त्र प्रहरीका अधिकृतको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिविरुद्ध सशस्त्र प्रहरीका अधिकृतले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

नेप्से परिसूचक १११.९६ अंकले घट्यो, १८ अर्ब ६४ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ३.८६ प्रतिशतले घटेको छ भने १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रस्तावित १७ राजदूतविरुद्ध ९ उजुरी, शुक्रबारदेखि संसदीय सुनुवाइ

प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथिको सुनुवाइ भदौ १४ गते शुक्रबारबाट थाल्ने गरी कार्यतालिका तय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन्।

कमल थापाको पुस्तक ‘नाकाबन्दी र कूटनीति’ सार्वजनिक 

पुस्तकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि र नेपाल-भारत सम्बन्धका विविध आयामलाई पनि समेट्ने प्रयास गरेको थापाले बताएका छन्। 

सेल्फी लिन खोज्दा २६२ फिट गहिरो खाल्डोमा खसेर स्टार खेलाडीको मृत्यु

साहसिक यात्रा गर्न रुचाउने २३ वर्षीया जिम्नास्ट स्टार खेलाडी नताली स्टिचोभा आफ्नो इन्स्टाग्राममा राख्नको लागि विभिन्न तस्वीर लिने गर्थिन्।

मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउने रास्वपाको निर्णय 

ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो। 

३४ तोला सुन र १० किलोसहित नेपालगन्जबाट ४ जना पक्राउ 

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। 

बागमतीमा लक्ष्यभन्दा ९ अर्ब कम राजस्व संकलन

संघीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायत राजस्व संकलनमा आएको कमी र आर्थिक मन्दीका कारण राजस्वमा कमी आएको बताइएको छ।

इलाममा बर्सेनि घट्दै कोदो उत्पादन, भारतबाट आयात भने बढ्यो

कोशी प्रदेशका १४ जिल्लामा ६५ हजार ३७२ हेक्टरमा कोदोखेती हुने गरेको छ। त्यसबाट एक लाख आठ हजार ३७५ टन कोदो उत्पादन हुने गरेको छ।

अन्नपूर्ण पदमार्गमा २ स्पेनिस पर्यटक बेपत्ता 

कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएका हुन्।

क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा शतप्रतिशत शुल्क लगाउने

अमेरिका र युरोपेली संघले हालैका महिनामा चिनियाँ ईभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन्। 

कोशी, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना 

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

खोटाङमा सिँचाइपोखरीमा डुबेर २ बालबालिकाको मृत्यु

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा सिँचाइपोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।

पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने २ सडक अवरुद्ध

पहिरोका कारण सोमबार दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

भारतीय उत्पादनलाई ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’को भनी बेच्ने डेरी कम्पनीलाई साढे २ लाख डलर जरिबाना

न्युजिल्यान्डको वाणिज्य आयोगले भारतबाट आयातित दुग्ध सामग्री बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’को हो भनी झूटो दाबी गर्ने कम्पनीलाई साढे दुई लाख डलर जरिबाना तिराएको छ।