AnonymousUser

Logout

जाजरकोटको बारेकोट पहिरोमा पुरिएका दुवै जनाको शव फेला

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका दुवै जनाको शव फेला परेको छ।

भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले छाडे देश

जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो। त्यसपछि उनी लुकेर बसेका थिए।

पहिरोले नहर बगाएपछि बागलुङका १ हजार ३०० घर बिजुलीविहीन

निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो।

तोलामा १ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबारका लागि भने एक लाख ५२ हजार १०० निर्धारण भएको छ।

पश्चिम तराईमा उल्लासपूर्वक मनाइँदै अटवारी पर्व

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने ठानिएको अटवारी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका डगौरा चौधरीले मनाउने गरेका छन्। 

जाजरकोटको पहिरोमा वडा सदस्यसहित २ जना बेपत्ता

पहिरोमा पुरिएकी ११ वर्षीया सम्झना चालाउनेलाई उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको छ। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ठेकेदारको लापरबाहीले हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अलपत्र

९६ करोड ४५ लाख रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालमा निर्माण थालिएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो। 

कोशी, बागमती र  गण्डकीमा भारी वर्षाको सम्भावना 

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

पहिरोका कारण अवरुद्ध भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ।

बाँदरले सताएपछि स्याङ्जाका कृषकले रोजे वैकल्पिक खेती

गल्याङ नगरपालिकाका कृषक परम्परागत रूपमा लगाउँदै आएका धान, मकै गहुँ, तरकारी बाली छोडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ आकर्षित भएका छन्।

पर्व

भक्तपुरमा मनाइयो गणेश जात्रा

भक्तपुरमा शनिबार गणेश जात्रा मनाइएको छ। सूर्यविनायक– ६ र ८, सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबले संयुक्त रूपमा जात्रा मनाएका हुन्। गणेश चतुर्थीको दिन गरिने जात्रामा गणेशको मूर्ति नगर परिक्रमा गराई विभिन्न गणेश मन्दिर पुर्‍याएर सूर्यविनायक चोकमा पुगी प्रसाद ग्रहण गरेर समापन गरिन्छ। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी\r\n

राप्ती स्वास्थ्य प्रतिष्ठानले एमबीबीएस पढाउन पायो ५० सिट

चिकित्सा शिक्षा आयोगले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ।

जर्मनीको हर्ज पर्वतमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन्।

केरा बगान मासेर व्यावसायिक मकैखेती, कोशीमा बढ्यो उत्पादन

परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रूपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन्।

बजार अभावका कारण कैलालीमा घट्दै उखुखेती 

विगतमा उखुखेती गर्दै आएका किसानले बिस्तारै अन्य खेती गर्न थालेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार ७०० हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेती घटेर २२५ हेक्टरमा पुगेको छ।

पहिरोले पासाङल्हामु राजमार्गको मूलखर्कखण्ड अवरुद्ध

शुक्रबार रातिको वर्षाका कारण पहिरोसँगै खसेको ढुंगा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन्।

दक्षिण कोरियामा घट्दो जन्मदरले चिन्ता, बचतदर पनि घट्यो

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो।

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–शिकारी नियन्त्रणसँगै वन्यजन्तुको संख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। 

नेसन्स लिग: फ्रान्समाथि इटालीको जीत

खेल शुरू भएको १३ सेकेण्डमै १ गोलले पछाडि परेको इटालीले घरेलु टोली फ्रान्समाथि ३–१ को जीत दर्ता गरेको छ। 

चाडपर्व नजिकिएसँगै धरानको कृषिउपज बजारमा बढ्यो चहलपहल

चाडपर्व नजिकिएसँगै धरानको खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको छ। यहाँबाट मुलुकका ठूला शहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको छ।