AnonymousUser

Logout

यू१९ एशिया कपः नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित

नेपाल पुरुष यु१९ एशिया कपको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ।

मधेश प्रदेशका गृहमन्त्रीलाई भूमिगत रहेका गोइतको धम्की

मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखीले भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले आफूलाई धम्की दिएको बताएका छन्।

रामेछापमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु, ३ घाइते

रामेछापमा जिप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मलेसियामा बाढीका कारण ८० हजारभन्दा बढी विस्थापित

मलेसियाका धेरै राज्यमा भारी वर्षापछि आएको बाढीबाट चार जनाले ज्यान गुमाएका छन् भने ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

मौद्रिक नीति समीक्षा, पुरानै नीतिगत व्यवस्थालाई निरन्तरता 

केन्द्रीय बैंकले कुनै नीतिगत व्यवस्थामा हेरफेर गरेको छैन। नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावत् राखेको छ।

सागसब्जी र बेर्ना बेचेर वर्षमा २६ लाख कमाउँछन् रेसम

वालिङ नगरपालिका–६ लालुपातेका रेसम रेग्मीले अघिल्लो कात्तिकदेखि गत कात्तिकसम्ममा सागसब्जी बिक्रीबाट २० लाख र बेर्ना बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

उपनिर्वाचनको मौन अवधि शुरू, के–के गर्न पाइँदैन?

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि शुरू भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो कोशीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।  

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्न विधेयक पारित

अस्ट्रेलियाका सांसदले १६ वर्षमुनिका बालबालिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेका छन्।

प्रधानमन्त्री ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै मंसिर १७ गते चीन भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली सरकारी र निजी क्षेत्रका प्रतिनिधिसहित ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

अन्तःशुल्क स्टिकरको भ्रष्टाचारमा दोषी ठहर भएका विकल र सफललाई ८ वर्ष कैद

विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई आठ वर्ष कैद, तीन करोड ४२ लाख बिगो र सोही बराबर जरिबाना निर्धारण गरेको छ।

बूढीगण्डकीसहितका जलविद्युत् परियोजनाको लगानी स्वीकृत

लगानी बोर्ड बैठकले बूढीगण्डकीसहित जगदुल्ला र चैनपुर सेती जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ।

रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइयो

प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको कसुरमा बयानका लागि पोखराबाट काठमाडौँ ल्याएको छ।

इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोमा परी २७ जनाको मृत्यु

पश्चिमी इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको उद्धारकर्मीहरू बताएका छन्।

वातावरण

काठमाडौँमा बढ्दो प्रदूषण

काठमाडौँ उपत्यका वायु प्रदूषणका कारण ‘अस्वस्थकर’ बनेको छ। बिहीबार उपत्यकाको वायुको गुणस्तर तह एक्यूआई १७५ पुगेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी।

रसुवामा विद्युत् सर्ट भई आगो लाग्दा ३ घर जले

कालिका गाउँपालिका–१ ग्राङका एक स्थानीयको घरमा विद्युत् सट भई लागेको आगोले सोही घरबाट तार तानी विद्युत् उपयोग गरिरहेका छिमेकी दुई घरसमेत जलेको प्रहरीले जनाएको छ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा सीमित भएको छ।

कीर्तिपुरका उम्मेदवारसँग नगर विकासका के–के छन् अजेन्डा?

कीर्तिपुरको मेयरमा नौ दलसहित ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। सडक सुधार, सर्वसुलभ स्वास्थ्य, संस्थागत भ्रष्टाचार अन्त्यसहितका चुनावी अजेन्डा लिएर उम्मेदवार घलदैलोमा व्यस्त छन्।

उद्योगको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित

केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा कृषि बालीलाई क्षति पुर्‍याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेको स्थानीयको भनाइ छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।