सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो।
उद्धार टोलीका अनुसार श्रीलंकामा बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।
विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नुपरेको छ। यसले कफीको उत्पादनमा ह्रास आउने भएपछि मूल्य वृद्धि भएको हो।
एनफिल्डमा भएको खेलमा रियलका लागि केयलिन एमबापे पेनाल्टीमा चुके। लिभरपुलका मोहमद सलाहले पनि पेनाल्टीमा गोल गर्न सकेनन्।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
खोटाङ घर भई ललितपुर बस्दै आएका ३७ वर्षीय राईले विभिन्न व्यक्तिका नागरिकता प्रयोग गरी ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट खोलेका थिए।
आगामी पुस ११ र १२ गते काठमाडौँमा सम्मेलन आयोजना गरिने मन्त्रालयले जनाएको छ।
सम्मानपत्रमा बालअधिकार संरक्षण तथा प्रवर्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको भनिएको छ।
१३ उपसमूहमध्ये वित्तबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने गरी अभिव्यक्ति दिने र आन्दोलन गरेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले
अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।
यो सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ मा आधारित छ। यही प्रस्तावले सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच चलेको ३६ दिनको युद्ध समाप्त गरेको थियो।
बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सुरक्षित बासस्थानसहितका माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन्।
रुसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणले युद्ध झन् बढाउने र यसको राजनीतिक र कूटनीतिक समाधान तत्काल सम्भव नरहेको विदेशमन्त्री सर्गेई लावरोभको भनाइ छ।
छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४९ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पृथक् भूबनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले मुस्ताङमा विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्।
म्यानचेस्टर सिटीले फायनउडसँग ३ गोलको अग्रता गुमाउँदै बराबरीमा चित्त बुझाएको छ। सिटी ७४औँ मिनेटसम्म ३–० ले अगाडि थियो।
भारतकै धनी राज्य महाराष्ट्रमा भाजपाले ठूलो जित हासिल गरेसँगै भाजपा नेताहरू आफ्नो चुनावी अभियान पहिलेकै लयमा फर्किएकोमा खुशी छन्, तर जितको श्रेय मोदीलाई खासै दिइएको छैन।
ठेकेदारले २०७५ जेठभित्र सम्पन्न गर्नेगरी सम्झौता गरेका थिए। त्यसयता पाँच पटक म्याद थपिएको छ। अन्तिम पटक थप गरिएको म्याद पनि कात्तिक ९ गते सकिएको छ।
तराईका केही तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।