२०७८ सालको जनगणना अनुसार कूल परिवारमध्ये ३.१ प्रतिशत परिवारका मुली अपांगता भएका व्यक्ति छन्। अपांगता भएका व्यक्तिको साक्षरता दर ५०.१ प्रतिशत छ।
झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा १० जनालाई ठगी गरेको आरोपमा प्रहरीले दुई भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ।
नेपाली कांग्रेसकी सविता बुढालाई ४३ मतले पछि पार्दै माओवादी केन्द्रकी देवकी तिमिल्सिना निर्वाचित भएकी हुन्।
दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
अमेरिकाले चिनियाँ चिप फर्म पायोटेक र सिक्यारियर टेक्नोलोजीसहित १४० कम्पनीलाई निर्यातमा प्रतिबन्ध लगाएको छ। यसबाट चिप उत्पादन गर्ने उपकरण बनाउने नौरा टेक्नोलोजी समूह पनि प्रभावित हुने छ।
कोरियामा रोजगारको अनुभव लिई फर्किएर नेपालमा व्यवसाय गरिरहेकाहरूले उद्यमशीलताको दिगोपनका लागि सहुलियत कर्जा, कर छुट, अनुदानलाई प्रभावकारी बनाउँदै उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिनुपर्ने बताएका छन्।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा कांग्रेसका कृष्णमान डंगोल पाँच हजार ३३४ मतसहित निर्वाचित भएका छन्।
आइतबार सम्पन्न उपनिर्वाचनको अधिकांश स्थानको नतिजा आइसकेको छ भने बाँकी रहेका स्थानको पनि सोमबार अबेर रातीसम्ममा नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।
एक्यापले गरेको खोज तथा अन्वेषणका क्रममा ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा २२३ प्रजातिका सुनाखरी भेटिएका छन्।
बाढीले क्षति पुर्याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको ५० हजार रुपैयाँ राहतमध्ये पहिलो किस्ता २५ हजार रुपैयाँसमेत पीडितले प्राप्त गरेका छैनन्।
गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा फुटबल प्रतियोगिताका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको छ।
कप्तान अनिलकुमार साहको अर्द्धशतकमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ।
सोमबार परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा उक्लिएको छ भने साढे १० अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडाैँ गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ।
सोमबार सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।
चितवनबाट खेलेका पाकिस्तानी बलर सोहेल तान्विरसामु काठमाडाैँका ब्याटर चल्न सकेनन्। उनले पाँच विकेट लिए।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ।
बीआरआईलाई भूराजनीतिको चपेटामा लैजान गरिएका प्रयासमा नेपाली तानिनु देशकै लागि दुर्भाग्यपूर्ण छ। यसमा कुनै सैन्य रणनीति नभएकोले यो विशुद्ध विकास परियोजना नै हो।
पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच बिहान ९:१५ बाट तथा अर्को खेल दिउँसो १:१५ बाट जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।