एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सबाट जितका लागि १६८ रनको लक्ष्य पाएको काठमाडौँ गुर्खाजले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्किएका छन्।
दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्ग निर्माण सन् २०२२ मा शुरू भएको थियो।
जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। जनकपुरले १३९ रनको लक्ष्य १७.१ ओभरमा १४३ रन बनाउँदै पूरा गर्यो।
बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरुरी रहेको युनिसेफले जनाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो।
बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५८०.६२ रुपैयाँ तोकेको छ। यो मूल्य बजार भाउभन्दा माथि रहेको कम्पनीले जनाएको छ।
दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कप महिला फुटबलमा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
अदालतले बुधबार रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको हो।
प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन्। थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौँ।’
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
दक्षिण कोरियाको ३०० सदस्यीय संसद्मा विपक्षी दलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुईतिहाइ बहुमत भने पुग्दैन।
यसअघि लगातार दुई खेलमा पराजय बेहोरेको विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै पहिलो जित निकाल्न सफल भएको हो।
आज नेप्से २४.९७ अंकले घटेर २,७५०.८७ को बिन्दुमा कायम भएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६९० किलोग्राम गाँजा बरामद गरेको छ।
लुम्बिनी लायन्स लिगको पहिलो खेल खलिरहेको छ भने लगातार दुई खेल हारेको विराटनगर किंग्स पहिलो जितको खोजीमा छ।
१३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ बाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरे।
काठमाडौँका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरे। उनले १० बलमा २ चौका र २ छक्काको मद्दतमा २८ बन बनाए।