AnonymousUser

Logout

१ लाख ५० हजार ४०० पुग्यो सुनको मूल्य

बुधबार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

धवनको अर्धशतकमा कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

कर्णालीका ओपनर शिखर धवनले नटआउट ७२ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। 

प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना

प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई बुधबार बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको हो।

जनताको जलविद्युत् कार्यक्रम: शेयर किन्न विपन्नलाई बिनाधितो सस्तो ऋण

गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर २ लाखदेखि ५ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत कर्जा लिएर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। 

बुधबार देशभरको मौसम सफा रहने 

दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

दक्षिण कोरियाली राष्ट्रपतिबाट आपत्कालीन ‘मार्सल ल’को घोषणा

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपत्कालीन मार्सल ल घोषणा गरेका छन्।

नेपाललाई ९ अर्ब अनुदान दिने चीनको घोषणा

प्रधानमन्त्री ओलीसँग मंगलबार भएको भेटमा चिनियाँ राष्ट्रपति सिले नेपाललाई ५०० मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका छन्।

मिर्चैया घटनाबारे छानबिन गर्न समिति गठन

रोजिनादेवी महतोको नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको घटना छानबिन गर्न समिति गठन भएको छ।

भिर काट्न कालीगण्डकी करिडोर एक साता बन्द हुने

अर्बेनी–हर्मिचौ सडकखण्डमा पर्ने जोखिमयुक्त भिर काट्न कालीगण्डकी करिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ।

कम्बोडियामा १३ फिलिपिनो ‘सरोगेट’ आमालाई ४ वर्ष जेल सजाय

कम्बोडियाको अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई ‘सरोगेट’ आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ।

यू१९ एशिया कप : नेपालसँग अफगानिस्तान १ विकेटले पराजित

 यू१९ एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको छ।

प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गरेका छन्।

एनपीएलमा चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

एनपीएलअन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको छ।

नेप्से परिसूचक १७.८० अंकले बढ्यो, घट्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा उक्लिएको छ भने साढे आठ अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

एनपीएल : पोखरालाई चितवनले दियो १६२ रनको लक्ष्य

एनपीएलको मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १६२ रनको लक्ष्य दिएको छ‍।

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा ४ भारतीय पक्राउ

पक्राउ पर्नेमा भारतीय नागरिकहरू  २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार रहेका छन्। 

साइबर सुरक्षा बलियो बनाउन ईयूले पारित गर्‍यो नयाँ कानून

कानूनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा विश्लेषण गर्न सघाउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमसँग विराटनगर ९० रनले पराजित

१८३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा अलआउट हुँदै ९२ रन मात्र जोड्यो।

तीन विधामा अन्तर्दृष्टि पुरस्कार घोषणा

दृष्टिविहीन विद्यार्थीको सर्वेक्षणका आधारमा अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र दुई विद्यार्थी छनोट गरिएको हो। 

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा ७ विकेट गुमाउँदै १८२ रन बनाएको हो। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।