सोमबार नेप्से परिसूचक १२.८७ अंकले घटेर २६७६.१२ को विन्दुमा सीमित भएको छ।
दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै उनीमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ।
अधिकारीहरूका अनुसार ‘विजडम’ र उनको भाले साथी ‘अकेकामाई’ सन् २००६ देखि प्रशान्त महासागरको एटोलमा सँगै बस्थे। विजडमलाई पहिलो पटक सन् १९५६ मा वयस्कको रूपमा रेकर्ड गरिएको थियो।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन्।
अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लुलाई आग्रह गरे।
सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ।
विद्रोही समूहले आइतबार राजधानी दमास्कस कब्जा गरेसँगै असद आफ्नो परिवारसहित देश छाडेर भागेका थिए। यसबीच उनी कहाँ गए भन्नेबारे कुनै तथ्य सामने आएको थिएन।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
काठमाडौँ महानगरले लहरेबत्ती व्यवस्थापन कार्यविधिमा व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।
पूर्वगृहमन्त्री एवं रास्पवा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
एनपीएलको आइतबारको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित भएको छ।
मार्तडीमा आइतबार दिउँसो स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा सीमित भएको छ भने सात अर्ब ४६ करोड बराबरको शेयर कारोबार भएको छ।
एनपीएलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ।
शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्टको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको द हेगका नगरप्रमुखले बताएका छन्।
राष्ट्रपति बसर र उनको परिवार सिरियाबाट भागेसँगै विद्रोहीले सिंगो देश कब्जा गरिसकेका छन्। यससँगै सिरियामा करिब ५३ वर्षसम्म रहेको असद परिवारको शासन समाप्त भएको छ।
आइतबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुरले विजयी यात्रा कायम राखेको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान ग्यास बुलेट दुर्घटनामा परेको हो।
शुक्रबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ रहेको सुन आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको हो।