दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।
अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल समूह चरणको एक खेलअगावै फाइनलमा प्रवेश गरेको छ।
गलत लिखत तयार पारेर कम जग्गालाई धेरै देखाइ किनबेच गर्ने कार्यमा संलग्न रहेको आरोपमा नापी कार्यालय बाराका तत्कालीन अधिकृतसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भूकम्प गएको १६ महिनासम्ममा पनि दुई हजार लाभग्राहीले पहिलो किस्ताबापतकै अनुदान रकम नपाएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
हमासले चार इजरायली बन्धकको शव रहेको कफिन बिहीबार इजरायललाई हस्तान्तरण गरेको छ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्यांकअनुसार पुँजीगत खर्च २२.८३ प्रतिशत र चालु खर्च २८.४७ प्रतिशत रहेको जनाएको छ।
बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा काम भएको छ।
प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुने मन्त्रालयले जनाएको छ।
करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब बन्नेछ।
दक्षिणकाली नगरपालिकाको–४, ३ र १ को जंगल क्षेत्रमा डढेलो फैलिएको छ। यसले ३० हेक्टरभन्दा बढी वनक्षेत्र जलिसकेको छ।
बुधबार प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको सुन आज १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।
सापकोटाको निधनमा मण्डनदेउपुर नगरपालिकाले बिहीबार शोक बिदा दिएको छ। उनकाे बिहीबार नै दाहसंस्कार गरिने बताइएकाे छ
दुर्घटनामा गम्भीर घाइते भएका चालक ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
रियल मड्रिड दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै अन्तिम १६ मा पुगेको हो। रियलको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे।
तनुहँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको हो।
सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
फेब्रुअरी ८ मा चुनावको नतिजा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको हो।
‘विश्वविद्यालय छाडेर गएका विद्यार्थीका लागि पनि ‘अल्टरनेटिभ’ कक्षा तथा परीक्षाको व्यवस्था हुने र घर गैसकेको अवस्थामा पनि आवतजावतको खर्च बेहोरिने भएको छ।’
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै असुरक्षाको कारण देखाउँदै उनीहरू स्वदेश फर्किएका हुन्।