वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो।
तीन वर्षअघि विल्टशायरको लार्खिल क्याम्पमा मृत फेला परेकी १९ वर्षीया सैनिक (गनर) जेस्ली बेकको घटनाको अनुसन्धानका बीच सयौँ महिला सैनिकले आफूहरू पनि यौन उत्पीडनमा परेका बताइरहेका छन्।
साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाउन लागिएको गाउँपालिकाले जनाएको छ।
देशको ९४ संघीय जिल्ला अदालतमध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकिल रहने व्यवस्था छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबारको तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ।
गोल्डकपमा नेपाल, भारत, भुटान र बांग्लादेशका १० टोली भिड्दैछन्। बुधबार हुने उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ।
स्थापनाको ३०औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आगामी चैत २३ गते काठमाडौँमा वार्षिकोत्सव रकयात्रा गर्न लागिएको ब्यान्डले जनाएको छ।
२००७ सालको क्रान्ति सफल भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ।
धरानका लागि दोर्जे तामाङ र विवेक राईले समान एक–एक गोल गरे। चर्च ब्वाइजका अनन्त तामाङले एक गोल फर्काए।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
कलिंगा विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण र त्यसपछि सिर्जित घटनाबारे सत्यतथ्य पत्ता लगाउन उडिसा राज्य सरकारले गृहविभागका अतिरिक्त मुख्यसचिवको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको छ।
प्रकृतिको न्यायका लागि उभिएका विद्यार्थीमाथि भएको दुर्व्यवहार, रातारात उनीहरूलाई घर फर्किन बाध्य पारिएको देख्दा आफूहरूलाई झन् पीडा भएको प्रकृतिका हजुरबुबा देवनाथ बताउँछन्।
सशस्त्र प्रहरीले संगठनको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरेका १२० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ।
सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनु हो। तर सांसदहरू हाजिर गर्नासाथ बाहिरिँदा जनप्रतिनिधिको न्यूनतम संख्या नपुगेर संसद् बैठक स्थगन हुनेक्रम बढ्दो छ।
मंगलबार नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को बिन्दुमा कायम भएको छ।
नेपाली विद्यार्थीको अवस्था बुझ्न र उनीहरूको सुरक्षाको वातावरण मिलाउन कलिंगा विश्वविद्यालयमा नेपाल प्रहरीको टोली पुगेको परराष्ट्रमन्त्रीको भनाइ छ।
सिरहाको नवराजपुरकी किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणबारे अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ।
भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।