अर्थ मन्त्रालयले नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
क्यामरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताको भनाइ छ।
सांसदले पाथीभरा क्षेत्रमा जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि तत्काल निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा कायम भएको छ भने ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यी स्टिकर पहिलो पटक गत वर्षको अन्त्यतिर म्युनिखका चिहानहरूमा देखिएका थिए। त्यसपछि, पछिल्ला हप्ताहरूमा एकाएक धेरै देखिन थालेपछि प्रहरीले अनुसन्धान थालेको हो।
अर्थ समितिको बैठकमा सांसदहरूले यूएसएडमार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन्।
विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो। एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो।
पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समावेश छन्।
गाउँपालिकाको कार्यालय परिसरमा रहेको २२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन गर्न लागिएको हो। पालिकाभित्रका किसानलाई मकैको बीउ निःशुल्क उपलब्ध गराउने योजना छ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हमासले ६०० भन्दा बढी प्यालेस्टिनी कैदी–बन्दीको रिहाइको बदलामा शनिबार थप ६ इजरायली बन्धकलाई मुक्त गरेको छ।
प्रधानसेनापति खुला म्याराथनअन्तर्गत ४२ किमी दूरीको दौडमा नेपाली सेनाको रणशेर गणका हुद्दा खड्गबहादुर खड्का प्रथम भएका छन्।
प्रयागराजमा जारी महाकुम्भ मेलाबाट घर फर्किँदै गर्दा सवारी दुर्घटनामा चार जना नेपाली तीर्थयात्रीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
परराष्ट्रमन्त्री राणाले मुख्यमन्त्रीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छन्।
राष्ट्रपतिको कार्यक्रममा पहुँच नदिएको भन्दै एपीले ट्रम्प प्रशासनका ३ अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ। ट्रम्पले मनोनीत गरेका जिल्ला न्यायाधीशलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ।
भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकडभिट्टा नाका हुँदै नेपाल फर्किएका छन्।
बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाँदा समस्या भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए।
‘शिक्षाको निम्ति च्यारिटी दौड’ नाराका साथ शनिबार भएको रनमा १० किलोमिटर दूरी चेउलियोटले ३० मिनेट ५५ सेकेन्डमा पूरा गरे।
सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा ४ खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ।