चापाकोट नगरपालिका–८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका छन्।
मुस्ताङमा प्लास्टिक र सिसाजन्य फोहोरका कारण प्रदूषण बढ्न थालेको, मानिस, घरपालुवा जनावर र वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने देखिएकाले व्यवस्थापन अभियान चलाइएको हो
पुराना र जीर्ण जस्तापाताको छानो भएका भवनमा पठनपाठन गर्न समस्या हुने गरेको छ। जस्तापातामा खिया लागेर प्वालै प्वाल परेका छन्। वर्षातका बेला भवन चुहिएर बस्न नमिल्ने हुन्छ।
हाटबजार भवनको भौतिक पूर्वाधार निर्माण सकिएको चार वर्षभन्दा बढी भएको छ। तर नगरपालिकाले भाडामा लगाउन सकेको छैन।
कर्णाली, सुदूरपश्चिमलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
युक्रेनका खनिज भण्डारमा अमेरिकालाई प्राथमिकतासाथ पहुँच दिनेसम्बन्धी वार्ता जारी रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
दुई चरणको वार्तापछि शुक्रबार साँझ सहमति भएसँगै चिकित्सक आन्दोलनका कार्यक्रम छाडेर नियमित रूपमा कार्यस्थलमा खटिने भएका छन्।
प्रलोभनमा पारी म्यानमार पुर्याएर ‘अनलाइन स्क्यामिङ’मा लगाइएका पाँच नेपालीको उद्धार भएको छ।
पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकलाई निष्कर्षमा पुर्याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ।
सिरहाको नवराजपुर–१ भगवतीपुरकी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले जबरजस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
जापानको मन्त्रिपरिषद्ले जंगली जनावर र मानव मुठभेडका घटना बढेपछि आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ।
माघमा देशभर भएका ४७८ आगलागीका घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो।
चालु आर्थिक वर्षको सात महिनामा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ।
बिहीबार तोलाको १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन शुक्रबार १ हजार रुपैयाँ घटेको छ।
‘यसरी राजनीतिक बल र फाइदा लिएर एउटा जातिविशेषको सांस्कृतिक धरोहरमाथि आक्रमण गर्नु हुँदैन, गर्न मिल्दैन। योचाहिँ सामान्यतया सबैले बुझिदिनुपर्ने विषय हो।’
र्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ। उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी निरीक्षक सागर पौडेलले पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताएका छन्।
धितोपत्र बजारमा सहभागीले आफ्नो कार्य सञ्चालन गर्दा आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्था पालना गर्नुपर्नेछ।