AnonymousUser

Logout

तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको भाउ

छापावाला सुन आज तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ।

अमेरिकाले नेपाललाई दिने ५ अर्बको सहयोग रोक्यो

इलन मस्क प्रमुख रहेको सरकारी दक्षता विभाग (डोज)ले नेपालको जैविक विविधता र संघीयता क्षेत्रमा छुट्याइएको ३९ मिलियन रकम रद्द गर्ने आइतबार घोषणा गरेको हो। 

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, नेपाल किर्गिस्तानसँग खेल्ने

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरू हुँदैछ।

इंग्लिस प्रिमियर लिग: टोटनह्याम र लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलअन्तर्गत आइतबार भएका दुई खेलमा टोटनह्याम र लिभरपुल विजयी भएका छन्।

पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

मौरिसस प्रहरीले पूर्वप्रधानमन्त्री प्रविन्द जगन्नाथलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भन्दै पक्राउ गरेको छ।

प्रतिनिधिसभा बैठकको विशेष समयमै खाली कुर्सी (तस्वीरहरू)

सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनु हो। तर सांसदहरू हाजिर गर्नासाथ बाहिरिँदा जनप्रतिनिधिको आवश्यक न्यूनतम संख्या नपुगेर संसद् बैठक स्थगन हुनेक्रम बढेको छ।

गुल्मीमा बाटो खन्ने क्रममा ढुंगा लागेर विद्यार्थीको मृत्यु

गुल्मीको इस्मामा बाटो खन्ने क्रममा एक्स्काभेटरले पल्टाएको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु भएको छ।

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

राष्ट्रियसभाको आइतबारको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ।

‘सामूहिक बलात्कार’मा मिलापत्र गर्न पञ्चायतको दबाब, किशोरी मृत फेला

नवराजपुर गाउँपालिका–१ मा सामूहिक बलात्कारमा परेकी भनिएकी किशोरीलाई गाउँमा बसेको पञ्चायतले मिलापत्र गर्न दबाब दिएको केही समयमै मृत भेटिएकी छन्।

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन सम्झौता

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ।

नेप्से परिसूचक १९ अंकले बढ्यो, ९ अर्ब ४७ करोडको शेयर किनबेच

आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ को विन्दुमा कायम भएको छ।

बसको ठक्करबाट घाइते भएकी महिलाको हेलिकोप्टरमार्फत उद्धार

बाजुरामा बसको ठक्करबाट घाइते भएकी महिलालाई थप उपचारका नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको छ।

बेलुन विस्फोट घटना छानबिन गर्न समिति गठन

उक्त घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।

मालीमा सुनखानी भत्किँदा ४८ जनाको मृत्यु

अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्ये एक मालीमा बहुमूल्य धातुको अवैध रूपमा उत्खनन हुने गरेको छ।

खाजाघर आगलागी: मृत्यु हुनेको संख्या ४ पुग्यो

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन तोलाको १ लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नयाँ दिल्ली रेल्वे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु 

प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजन रेलमा चढ्न जम्मा भएका बेला भागदौड भएको थियो।

‘सात सालको कथा’ लोकार्पण

भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’ लाई पब्लिकेसन नेपालयले ‘सात सालको कथा’ का रूपमा बजारमा ल्याएको हो।

पर्यावरणबारे विचार–विमर्श गर्न जुट्दै वैज्ञानिक

झापाको काँकरभिट्टामा तीन दिनसम्म चल्ने कार्यक्रममा हावा, पानी, जमिन, खाना र जीवनसँग जोडिएका पर्यावरणीय सवालमा छलफल गरिने छ।