बागलुङ प्रहरीका अनुसार घाइतेमध्ये एक जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने अरू घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको भेटमा युरोपमा ‘रुसी खतरा’को सामना र युक्रेनमा शान्ति सुनिश्चितका लागि प्रस्ताव पेश गर्ने भएका छन्।
तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन्।
आर्थिक प्रलोभनमा पारी म्यानमार पुर्याएर ‘अनलाइन स्क्यामिङ’मा लगाइएका थप दुई जना नेपालीको उद्धार भएको छ।
सांसदले सशस्त्र प्रहरी कर्मचारीले सेवा छाड्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनीहरूको मनोबल उच्च बनाउने गरी विधेयक निर्माण आवश्यक भएको बताएका छन्।
बसपार्कस्थित सडक हिउँदमा धुलो, बर्खायाममा हिलो र खाल्टाखुल्टीका कारण मुस्ताङ भ्रमणमा आउने पर्यटकले सास्ती भोग्दै आएका छन्।
सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको छ भने ११ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।
ललितपुर महानगरले वडा नम्बर–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालेको छ।
दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृतिकेन्द्रको बैठकले यो वर्षको पुरस्कार मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिने निर्णय गरेको हो। पुरस्कारको राशी ५० हजार रुपैयाँ छ।
‘वनजंगल, खोलानाला, चराचुरुंगी, जनावर सबैसँग हाम्रो जीवन जेलिएको हुन्छ। त्यसैले अब मान्छेले मान्छेकै मात्र चिन्ता गर्दै र मान्छेकै मात्र हित गर्छु भनेर मान्छेबाहेकका सबैको दोहन गर्ने काम रोकिनु पर्छ।’
मुगुमा डोजरले खसालेको ढुंगा लागेर ६ वर्षीय बालक लोकजंग नेपालीको घटनास्थलमै मृत्यु भएको हो। आमा कल्पना नेपाली गम्भीर घाइते भएकी स्थानीयले बताएका छन्।
सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ८०० पुगेको छ।
यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन्।
आर्थिक र कूटनीतिक संकटको बीच कन्जर्भेटिभ पार्टीका नेता फ्रेड्रिक मर्जले अब गठबन्धन गठन गर्ने कठिन चुनौतीको सामना गर्नेछन्।
विराट कोहलीले आफ्नो एकदिवसीय करियरको ५१औं शतक प्रहार गरे। १११ बलमा १०० रन बनाउँदै उनी अविजित रहे।
सरोकारवालाहरूले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन्।
कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका छन्।
सिरहाकी किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।