AnonymousUser

Logout

ट्रम्प–जेलेन्स्कीबीच ह्वाइट हाउसमा भनाभन

ट्रम्पले, युक्रेनले रुससँग युद्ध जित्न नसक्ने दाबी गर्दै जेलेन्स्कीले अमेरिका र अमेरिकी नागरिकको अनादर गरेकोसमेत आरोप लगाएका छन्। 

अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा 

अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाएको बेला मुसलधारे वर्षाले खेल रोकिएको थियो। 

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

पहाडी भूभागमा साधारणतयादेखि अधिकांश बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा हल्का वर्षा भइरहेको छ।

काठमाडौँ उपत्यकासहितका स्थानमा वर्षा, कुन ठाउँमा कति पर्‍यो पानी?

मौसमविद् सरोज पुडासैनीका अनुसार शुक्रबार पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ। शनिबार पनि वर्षाको सम्भावना रहेको तर आइतबारबाट मौसम खुल्दै जाने उनको भनाइ छ।

सिन्धुपाल्चोक भूकम्प : ६ जना घाइते, ५ घरगोठ र १ प्रहरी कार्यालयमा क्षति

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पले सात जिल्लामा असर पुर्‍याएको छ भने ६ जना घाइते भएका छन्।

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ

शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पर्यटक होटलमा आश्रय लिएर बसेका छन्।

सिन्धुपाल्चोक भूकम्प : भाग्दै गर्दा काठमाडौँमा २ जना घाइते

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पका बेला भाग्दै गर्दा काठमाडौँमा दुई जना घाइते भएका छन्।

उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १० जनाको उद्धार

बद्रीनाथको माना गाउँको सीमा क्षेत्रमा सडक निर्माणमा खटिएका मजदुरहरू हिमपहिरोमा फसेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बताएका छन्।

रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी

औषधि व्यवस्था विभागको टोलीले रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी गरेको छ।

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण शुक्रबार हवाई सेवा प्रभावित भएको छ।

तोलामा २ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ।

चिनियाँ सामानमा थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले हालै क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।

प्रयोगमा नआउँदै जीर्ण बन्यो  ७५ लाख खर्च भएको खानेपानी ट्यांकी

तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा पाँच वर्षअघि निर्माण भएको खानेपानी ट्यांकी प्रयोगमा नै नआई जीर्ण बनेको छ। 

देशका अधिकांश स्थानमा मौसम बदली हुने

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कुमारी सहकारी प्रकरण: २५ जनाविरुद्ध मुद्दा दर्ता, १ अर्ब १३ करोड बिगो

सहकारीका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २:५१ बजे भूकम्प गएको हो।

आगामी आर्थिक वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति

अर्थ मन्त्रालयले बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेख्नका लागि समिति गठन गरेको छ।

कतारबाट बोलाइ प्रेमीको हत्या गरेको आरोपमा महिला पक्राउ

सम्बन्धमा खटपटपछि वैदेशिक रोजगारीका लागि कतारमा पुगेका प्रेमीलाई नेपाल बोलाइ श्रीमान‍्को सहयोगमा हत्या गरेको आरोपमा धनुषाबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

काभ्रेमा सुक्खा पहिरोमा परी १ जनाको मृत्यु

वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिलर ढालेर किच्दा एक मजदुरको मृत्यु भएको छ।