AnonymousUser

Logout

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्‌गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिएको छ। विद्युत्‌गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

पूर्वतयारी नभएका र प्रतिफल नदिने योजनाका लागि बजेट नमाग्न अर्थको परिपत्र

बजेटको स्रोत व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र दबाबमा रहेको उल्लेख गर्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न भनेको छ।

सुरक्षा ग्यारेन्टीबिनाको युद्धविराम सफल हुनेछैन : जेलेन्स्की

लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्यका लागि युद्धविराम मात्र ‘पर्याप्त नभएको’ बताएका छन्।

केपी ओली कपको उपाधिमा मच्छिन्द्रको ह्याट्रिक

दुई चोटिको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले सोमबार भएको फाइनलमा आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै केपी ओली कपको उपाधि जितेको छ।

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु, १ घाइते

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

नेपाललाई साफको विजेता बनाउने नवनियुक्त फुटबल प्रशिक्षकको लक्ष्य

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बिदेसिएका खेलाडीलाई देशको प्रतिनिधित्व गर्नेगरी स्वदेश फर्काउने प्रयासमा लाग्ने पनि बताएका छन्।

दूरसञ्चार रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँड्नुपर्नेमा जोड

सरोकारवालाले दूरसञ्चारका लागि फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्राकृतिक स्रोत भएकाले प्रदेश र स्थानीय तहलाई पनि बाँड्नुपर्नेमा जोड दिएका छन्।

हिमपातपछि बढेको चिसोले विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित

हिमपातपछि बढेको चिसोका कारण ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, १४ अर्ब २८ करोडको शेयर कारोबार

आइतबार ७५ अंकले बढेको नेप्से परिसूचकमा सोमबार भने १३ अंकको गिरावट देखिएको छ।

जापानको जंगलमा लागेको डढेलो नियन्त्रणका लागि २ हजार अग्निनियन्त्रक परिचालित

जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि २ हजारभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।

गैरकानूनीरूपमा अस्पताल सञ्चालन गर्दै आएका व्यक्ति पक्राउ

दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एन्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।

यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा' बन्यो उत्कृष्ट, जित्यो पाँच विधामा ओस्कार

लस एन्जलसको डल्बी थिएटरमा आयोजित ९७औँ ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ।

सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान

भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो।

बेलायतले युक्रनेलाई ५ हजार हवाई रक्षा मिसाइल दिने

युक्रेनको लागि आफ्नो समर्थन अटल रहेकाे बताउँदै स्टारमरले युरोपले आफ्नो सुरक्षाको लागि कडा परिश्रम गर्नुपर्ने चेतावनी पनि दिएका छन्।

च्याम्पियन्स ट्रफी: भारतसँग न्युजिल्यान्ड ४४ रनले पराजित

च्याम्पियन्स ट्रफी २०२५ को समूह 'ए'को अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गरेको छ।

वन्यजन्तु संरक्षणमा जोड दिँदै संसारभर आज विश्व वन्यजन्तु दिवस मनाइँदै

‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

युगान्डामा हुने क्रिकेट शृंखलाका लागि राष्ट्रिय टोली घोषणा

क्यानले युगान्डामा हुने चार देश सम्मिलित टी२० महिला क्रिकेट शृंखलाका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

बिजुलीको तार सर्ट भई आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।